ओप्पोद्वारा संसारकै पहिलो ‘५एक्स डुअल क्यामेरा जुम’ प्रदर्शित

Technology Khabar १८ फाल्गुन २०७३, बुधबार

ओप्पोद्वारा संसारकै पहिलो ‘५एक्स डुअल क्यामेरा जुम’ प्रदर्शित

काठमाडौं ।

काठमाडौं, १८ फागुन । मोबाइल फोटोग्राफीमा अग्रणी ओप्पोले मोबाइल वल्र्ड कङ्ग्रेस (एमडब्ल्यूसी)२०१७ मा अवलोकनकर्ता माझ ‘फाइभ एक्स डुअल क्यामेरा जुम’ प्रविधिको पहिलो झलक देखाएको छ । कम्पनीले प्रदर्शित गरेको यो पेरिस्कोप स्टाइल डुअल क्यामेरा, स्मार्टफोनका लागि संसारकै पहिलो हो ।

यो प्रविधिले स्मार्टफोनमा पाँच गुणा ‘लसलेस’ जुम क्षमता उपलब्ध गराउँछ । बजारमा उपलब्ध २ गुणा जुम फञ्शन उपलब्ध गराउने स्मार्टफोनका लागि यो निकै ठूलो चुनौतिका रुपमा रहने अनुमान गरिएको छ । नयाँ प्रविधि मार्फत उपभोक्ताले शक्तिशाली जुम फंगसनका साथै अभुतपूर्व ईमेज स्टेबलाइजेशन क्षमताको मज्जा लिन सक्नेछन् । साथै, कम्पनीले यी फञ्शन उपलब्ध गराउँदा फोनको पातलोपन तथा स्लिक डिजाइनलाई समेत निरन्तर्ता दिने तर्फ पर्याप्त ध्यान दिने जनाएको छ ।

क्रान्तिकारी पेरिस्कोप स्टाइल्ड डुअल क्यामेरा प्रविधिको विकासका लागि कम्पनीले झण्डै एक बर्षको समय खर्चेको छ । हाल यो प्रविधिका लागि ५० भन्दा बढी प्याटेन्ट दर्ता भइसकेको छ ।

‘फाइभ एक्स डुअल क्यामेरा जुमले स्मार्टफोन फोटोग्राफीको क्षेत्रमा नयाँ सम्भावनाको ढोका खुल्ला गरेको छ’,  ओप्पोको उपाध्यक्ष तथा ईन्टरनेशनल मोबाइल बिजनेशका प्रबन्ध निर्देशक स्काइ लीले भने ‘साथै, नयाँ प्रविधि उपभोक्तालाई तिनको आवश्यकता र चाहना अनुसार उत्कृष्ट र आकर्षक तस्विर लिन सघाउने हाम्रो प्रतिबद्धताको प्रतिबिम्ब पनि हो ।’

फाइभ एक्स डुअल क्यामेरा जुम पछाडीको नवप्रबर्तन

फाइभ एक्स डुअल क्यामेरा जुम प्रविधि पनडुब्बी (सबमेरिन) को पेरिस्कोपमा आधारित सोचको उपज हो । डुअल क्यामेरामा वाइड एङ्गल र टेलिफोटो लेन्सहरुको प्रयोग गरिएको छ । टेलिफोटो लेन्सका लागि पेरिस्कोप आकारको संरचनाको प्रयोग गरिएको छ ।

टेलिफोटो लेन्सको कोणलाई ९० डिग्रि सार्दा लेन्सलाई डिप जुमका लागि पर्याप्त स्थान उपलब्ध हुन्छ । त्यसैगरी, पेरिस्कोप स्टाइल प्रिजमले क्यामेरामा प्रवेश गर्ने प्रकाशको दिशालाई ९० डिग्रिको कोणमा निर्देशित गर्छ । यस पश्चात, जब प्रयोगकर्ताले कुनै विषयमा केन्द्रित भई जुम गर्छन् यसले छविलाई टेलिफोटो लेन्स मार्फत प्रवेश गराउँछ ।

नयाँ प्रविधिको माध्यमबाट कम्पनीले फाइभ एक्स जुम क्षमता प्राप्त गर्नुका साथै आफ्ना प्रयोगकर्तालाई ल्याण्डस्केप्स, पोट्र्रेट तथा क्लोजअप्स तस्विरमा उत्कृष्टता प्रदान गर्ने लक्ष्य लिएको छ ।

स्मार्टफोनलाई स्लिम राख्दै फाइभ एक्स लसलेस जुम

नयाँ डुअल क्यामेरा सेटअप मार्फत स्मार्टफोनलाई पातलो राख्दै कम्पनीले थ्रीएक्स अप्टिकल जुम र डिजिटल जुमका लागि प्रोप्राइटरी ईमेज फ्युजन प्रविधिको समायोजन गर्दैै उद्योगकै पहिलो लसलेस फाइभएक्स डुअल क्यामेरा जुम उपलब्ध गराएको हो । पेरिस्कोप स्टाइल निर्माणका कारण फाइभएक्स डुअल क्यामेरा मोड्यूलको मोटाइ जम्मा ५ दशमलव ७ एमएम मात्र छ । यो अहिले स्मार्टफोनमा उपलब्ध टूएक्स अप्टिकल जुम लेन्सका तुलनामा १० प्रतिशतले पातलो समेत रहेको छ ।

easy care

प्रकाशित: १८ फाल्गुन २०७३, बुधबार