ह्वावे पी १० र पी १० प्लसको घोषणा, फ्रन्ट क्यामरामा पनि लाइकाको लेन्स

Technology Khabar १७ फाल्गुन २०७३, मंगलवार

ह्वावे पी १० र पी १० प्लसको घोषणा, फ्रन्ट क्यामरामा पनि लाइकाको लेन्स

काठमाडौं ।

काठमाडौं, १७ फागुन । ह्वावे कन्ज्यूमर बिजनेस ग्रुपले ह्वावे पी १० र पी १० प्लस सार्वजनिक गरेको छ । कम्पनीले मोबाइल वल्र्ड कंग्रेसमा आफ्नो फ्ल्यागशिप फोन सार्वजनिक गरेको हो ।

यो स्मार्टफोन आविश्कारिक तथा स्टायलिस रहेको कम्पनीको दाबी छ, जसमा लेन्स निर्माता कम्पनी लाइकासँग सहकार्य गरिएको छ ।

यसमा पहिलो पटक लाइकाको लेन्स फ्रन्ट क्यामरामा प्रयोग गरेको छ भने फोटोग्राफीका विभिन्न फिचरहरु यसमा राखिएको छ । ह्वावे पी १० तथा ह्वावे पी १० प्लसमा ड्यूल रियर क्यामरा छ भने यसमा रिलाइटिंग तथा थ्रीडी फेसियल डिटेक्सन प्रविधि राखिएको छ ।

यो फोनमा १२ तथा २० मेगापिक्सेलको ड्यूल रियर क्यामरा रहेको छ ।

यो स्मार्टफोन यूरोप र चीनमा मार्चदेखि उपलब्ध हुनेछ भने अन्य बजारमा अप्रिलमा मात्र सार्वजनिक हुनेछ ।

Global Bank
easy care

प्रकाशित: १७ फाल्गुन २०७३, मंगलवार

ताजा समाचार