एम्बुलेन्स सेवालाई स्तरीय तथा सुलभ बनाउन नयाँ निर्देशिका

Technology Khabar १७ फाल्गुन २०७३, मंगलवार

एम्बुलेन्स सेवालाई स्तरीय तथा सुलभ बनाउन नयाँ निर्देशिका

काठमाडौं ।

काठमाडौं, १७ फागुन । नेपाल एम्बुलेन्स सर्भिस (एनएसी)ले दक्ष आकस्मिक सेवा स्वास्थ्यकर्मीहरुको दोस्रो ब्याजबाट ४८ जनालाई तालिम प्रदान गरेको छ । स्ट्याण्डफोर्ड यूनिभर्सिटी स्कूल अफ मेडिसिनद्धारा संचालित स्वास्थ्य आकस्मिक सेवा तालिमको दोस्रो ब्याचमा ४८ जना स्वास्थ्यकर्मीलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा स्वास्थ्यमन्त्री गगन थापाले एम्बुलेन्स सेवालाई स्तरीय तथा सुलभ बनाउन नयाँ निर्देशिका बनाउने प्रक्रियामा सरकार रहेको बताए ।

‘एम्बुलेन्स सेवालाई स्तरिय तथा सुलब बनाउनका लागि सरकारले नयाँ एम्बुलेन्स स्विकृती प्रक्रियालाई केहि समय स्थिकित गरेको छ, सरकारले एम्बुलेन्सको नयाँ निर्देशिका छिटै पास हुनेछ,’ उनले भने ।

मन्त्री थापाले नेपाल एम्बुलेन्स सर्भिस ९एनएस० लाई पब्लिक(प्राइभेट लिमिटेड बनाउनुपर्ने बताए ।

मन्त्री थापाका अनुसार एम्बुलेन्स पोलिसी परिवर्तन गर्ने प्रक्रियामा सरकार अन्तिम चरणमा छ, फाइल गृह मन्त्रालयमा पुगेको छ, केहि दिन भित्रमा मन्त्रिपरिषद्बाट एम्बुलेन्स निर्देशिका पारित हुनेछ ।

सो अवसरमा स्ट्याण्डफोर्ड यूनिभर्सिटी स्कूल अफ मेडिसिनद्धारा संचालित स्वास्थ्य आकस्मिक सेवा तालिमको दोस्रो ब्याचमा ४८ जना स्वास्थ्यकर्मीलाई थापाले प्रमाणपत्र प्रदान गरेका थिए ।

इन्टरनेसनल मेडिकल कप्र्स ९आइएमसी० ले नेपाल एम्बुलेन्स सर्भिसलाई ५ वटा नयाँ एम्बुलेन्स सहयोग गरेको छ । नयाँ टोयोटा हायस एम्बुलेन्सका पाँच थान साँचोहरु आईएमसीले मन्त्री थापालाई हस्तान्तरण गरेको थियो जून थापाले नासका अध्यक्ष ‌ओम राजभण्डारीलार्इ पछि हस्तान्तरण गरेका थिए ।

नासले यसअघि काठमाडौं उपत्यका र चितवनमा दक्ष आकस्मिक प्राविधिकहरु सहितको पूर्ण सुविधा सम्पन्न ६ वटा एम्बुलेन्स संचालन गरिरहेको छ । अब संस्थाले पोखरा, बुटवल र भैरहवामा पनि सेवा बिस्तार गर्ने भएको छ ।

Global Bank
easy care

प्रकाशित: १७ फाल्गुन २०७३, मंगलवार

ताजा समाचार