जेडटिईले बनायो गिगाफोन, विश्वको पहिलो ५जी सपोर्ट गर्ने फोन

Technology Khabar १६ फाल्गुन २०७३, सोमबार

जेडटिईले बनायो गिगाफोन, विश्वको पहिलो ५जी सपोर्ट गर्ने फोन

काठमाडौं ।

काठमाडौं, १६ फागुन । चीनियाँ टेलिकम कम्पनी जेडटिईले विश्वको पहिलो गिगाबाइट फोन सार्वजनिक गरेको छ । कम्पनीले मोबाइल वल्र्ड कंग्रेस २०१७मा जेडटिई गिगाबाइट (ZTE Gigabit) फोन सार्वजनिक गरेको हो ।

जेडटिईको यो स्मार्टफोनले ५जी सपोर्ट गर्दछ ।

कम्पनीले यो स्मार्टफोनलाई विश्वको पहिलो सुपर स्पीड ५जी नेटवर्क सपोर्ट गर्ने स्मार्टफोनको रुपमा चित्रित गरेको छ । तर अहिलेसम्म विश्वमा ५जी नेटवर्क छैन् । भखैरै ५जीको स्ट्याण्डर्डको लोगो तथा संरचना बनाईएको छ र कयौँ कम्पनीहरुले यसको परिक्षण गरिरहेका छन् । विश्वभर सन् २०२०सम्ममा फाइभ जी (5G) नेटवर्क आउने अपेक्षा गरिएकोछ ।

कम्पनीकाअनुसार यो पहिलो गिगाबाइट स्मार्टफोन हो जसमा १ जीबीपीएसको डाउनलोड स्पीड राखिएको छ । यो फोन अहिलेको फोरजीको पहिलो जेनेरेशन भन्दा १० गुणा अधिक गतिको डाउनलोड हो ।

कम्पनीले भनेको छ, ‘मानिसहरुलाई कनेक्ट गर्ने तरिकालाई सँधैका लागि परिवर्तन हुनेछ । ५जीमा ध्यान दिनु कम्पनीको पहिलो प्राथमिकता हो ।’

जेडटिईको यो स्मार्टफोनमा क्वालकमको पछिल्लो सिपीयू स्न्यापड्रागन ८३५ (Snapdragon 835) प्रयोग गरिएको छ भने यसमा एक्स १६ एलटिई (X16 LTE) मोडम तिब्रगतिको कनेक्टिभिटीका लागि राखिएको छ ।

जेडटिईले प्रि ५जी गिगा प्लस एमबीबी सोलुसनको विकास गरेको थियो जून कार्यक्रमा पनि देखाईएको थियो ।

जेडटिईको गिगाबाइट स्मार्टफोनले अन्य एलटिई डिभाइसहरुको तुलनामा समान नेटवर्कमा पनि तीन गुणा तिब्र गतिको डाटा प्रकृया छिटो पुरा गर्दछ ।

कम्पनीले भनेअनुसारको १ गिगाबाइटको इन्टरनेट गतिले ३६० डिग्री भिआर, इन्स्ट्यान्ट क्लाउड स्टोरेज तथा एचब्यू म्युजिक तथा मुभीज हेर्न तथा डाउनलोड गर्न सकिन्छ ।

माध्यम

Global Bank
easy care

प्रकाशित: १६ फाल्गुन २०७३, सोमबार

ताजा समाचार