सामसंगको ग्यालेक्सी ट्याब एस३, ९.७ इन्चको डिस्प्लेसहित ‘एस’ पेन

Technology Khabar १६ फाल्गुन २०७३, सोमबार

सामसंगको ग्यालेक्सी ट्याब एस३, ९.७ इन्चको डिस्प्लेसहित ‘एस’ पेन

काठमाडौं ।

काठमाडौं, १६ फागुन । सामसंगले मोबाइल वल्र्ड कंग्रेस २०१७ मा नयाँ ट्याबलेट सार्वजनिक गरेको छ । कम्पनीले यो पटक तीनवटा हाइ इण्ड प्रोडक्टिभ ट्याबलेट सार्वजनिक गरेको हो ।

कम्पनीले तीनवटा ट्याबलेटमध्ये ग्यालेक्सी ट्याब एस थ्री (Galaxy Tab S3) पनि घोषणा गरेको हो ।

सामसंगको ग्यालेक्सी एस ३ ९.७ इन्चको डिस्प्ले राखिएको छ भने यो ट्याब एस टूको नयाँ भर्सन हो । यो निकै स्लिम डिजाइनमा आएको छ भने नयाँ फिचरहरु राखिएको छ ।

यसमा सुपर एमोलेड डिस्प्ले राखिएको छ जसको रिजोल्यूशन २०४८X१५३६ पिक्सेल रहेको छ भने यसले एचडिआर भिडियो सपोर्ट गर्दछ ।

ग्यालेक्सी एस ३ मा क्वालकम स्न्यापड्रागन ८२० चीपसेट राखिएको छ भने यसमा ४ जीबीको र्याम तथा ३२ जीबीको आन्तरिक स्टोरेज राखिएको छ । यसको स्टोरेजलाई माइक्रो एसडी कार्डद्धारा २५६ जीबीसम्म पुर्याउन सकिन्छ ।

एन्ड्रोयड नुगट ७.० भर्सनमा आधारित यो स्मार्टफोनमा ६ मिलिमीटरको एकेजी ब्राण्डको चार स्पीकर राखिएको छ ।

सामसंग ग्यालेक्सी ट्याब एस ३ मा ६,००० एमएएचको ब्याट्री राखिएको छ ।

फोटोका लागि नयाँ ट्याबमा १३ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ ।
यो ट्याबमा एस पेन (‘S’ Pen) राखिएको छ, जुन यसअघिको ट्याबमा उपलब्ध थिएन । यो एस पेनले नोट्स लिने, स्क्रीन सट लिने र भिडियोबाट जीआईएफ फाइल रेकर्ड गर्न सकिन्छ ।

कम्पनीले नयाँ ट्याबलेटमा प्रयोग गर्ने गरि अप्शनल की बोर्ड केस पनि राखेको छ । यो की बोर्डलाई पोगो पिनको माध्यमबाट तल्लो भागमा अट्याच गर्न सकिन्छ भने यो ब्लूटूथ की बोर्डजस्तै चार्ज गर्नुपर्दछ । की बोर्ड प्लास्टिकद्धारा बनाईएको छ र हलुका रहेको छ ।

कम्पनीले सार्वजनिक गरेको ग्यलेक्सी ट्याब एस थ्री कहिले बजारमा आउँछ र यसको मूल्य कति हुन्छ भन्ने केहि जानकारी छैन् ।

यसका साथै कम्पनीले सामसंग ग्यालेक्सी बुक १०‍.६ तथा ग्यालेक्सी बुक १२ पनि सार्वजनिक गरेको छ ।

Global Bank
easy care

प्रकाशित: १६ फाल्गुन २०७३, सोमबार

ताजा समाचार