नेपाल टेलिकममा यूट्यूब हेर्न बोनस पार्इने, १०० एमबीको फेसबुक २२ रुपैयाँमा नै

Technology Khabar १२ फाल्गुन २०७३, बिहीबार

नेपाल टेलिकममा यूट्यूब हेर्न बोनस पार्इने, १०० एमबीको फेसबुक २२ रुपैयाँमा नै
Classic Tech

काठमाडौं, १२ फागुन । नेपाल टेलिकमले शिवरात्रीको अवसर पारेर फेस्टिभल अफर सार्वजनिक गरेको छ । कम्पनीले यो अफरमा डाटा बण्डलिंग प्याकेज अन्तरगत ७५ रुपैंयामा १०० एमबी डाटा र बोनसको रुपमा १०० एमबी यूट्यूब डाटा प्याक दिने भएको छ । कम्पनीले दिने बोनस एक किसिमको निशुल्क प्रयोग नै हो । कम्पनीका अनुसार यो नयाँ अफरको डाटा १५ दिनसम्म प्रयोग गर्न सकिने जानकारी दिएको छ ।

यसैगरी १५० रुपैयाँमा २०० एमबी डाटा र बोनसको रुपमा २०० एमबीको यूट्यूब डाटा प्याक उपलब्ध गराएको छ । यो डाटा प्याकेज ३० दिनसम्म प्रयोग गर्न सकिने नेपाल टेलिकमले जानकारी दिएको छ ।

यी दुबै २४ सै घण्टा चलाउन सकिने टेलिकमले जानकारी दिएको छ ।

कम्पनीले यसका साथै फेसबुक प्याकेज पनि सार्वजनिक गरेको छ । यो अफरअन्तर्गत २२.६० रुपैंयामा ५ दिनका लागि १०० एमबी फेसबुक प्याकेज दिने भएको छ ।

कम्पनीले फोरजी सेवा प्रयोगकर्ताहरुका लागि यो प्याकेज आकर्षक हुने अपेक्षा कम्पनीले जारी विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीले यो अफर फागुन १३ गतेदेखि २७ गतेसम्म लागू हुनेछ ।

यसरी गर्नुहोस फेस्टिभल डाटा प्याक शुचारु

कम्पनीको यूट्यूब डाटा प्याक निशुल्क बोनसमा प्राप्त गर्नका लागि १०० एमबी डाटाका चाहिएमा यू१०० र २०० एमबीका लागि यू२०० टाइप गरेर १४१५मा एसएमएस गर्न सकिनेछ ।

त्यसैगरी फेसबुक प्याकेज प्रयोग गर्नका लागि अंग्रेजीमा फेसबुक टाइप गरि १४१५ मा एसएमएस गरेर सेवा शुरु गर्न सक्नेछन् ।

TK Viber

प्रकाशित: १२ फाल्गुन २०७३, बिहीबार

Loading...