नेपाली नयाँ वर्षको अवसरमा जापानमा बैशाखी मेला हुँदै

Technology Khabar १२ फाल्गुन २०७३, बिहीबार

नेपाली नयाँ वर्षको अवसरमा जापानमा बैशाखी मेला हुँदै

काठमाडौं ।

काठमाडौं, १२ फागुन । नेपाली नयाँ वर्षको अवसर पारेर आगामि अप्रिल ८ र ९ तारिखमा जापानको तेन्जिन सेन्ट्रल पार्क फुकुओका जापानमा सातौं बैशाखी मेला हुने भएको छ । फुकुओका नेपाल सोसाइटी, क्युसु नेपाल फ्रेन्डसिप, एनआरएन क्युसु जापानको संयुक्त आयोजनामा सो मेला आयोजना हुने विहिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

सन् २०११ देखि हुँदै आएको बैशाखी मेलाबारे जानकारी दिंदै बैशाखी मेला कार्य समिति फुकुओका जापानका संयोजक रामकृष्ण श्रेष्ठले नेपालको पर्यटनको प्रबद्र्धनमा योगदान पुर्याउने र जापानमा रहेका नेपालीहरुबिच भाईचारा अभिवृद्धि गराउने उदेश्यले मेला आयोजना हुँदै आएको जानकारी दिए । जापानको चौथो ठूलो सहरमा आयोजना हुने मेलाले नेपाल र नेपालीका साथै यहाँको संस्कृति, भगवान् गौत्तम बुद्धको जन्मस्थल लगायतलाई चिनाएर नेपालको पर्यटनका साथै अर्थतन्त्रमा योगदान पुर्याउने विश्वास लिएको श्रेष्ठले बताए ।

त्यस्तै फुकुओका नेपाल सोसाइटीका पूर्व अध्यक्ष मोतीप्रसाद श्रेष्ठले मेलामा करिब चालिस स्टलमार्फत नेपाली कला संस्कृति झल्कने गरी सोहि किसिमका स्टल राखिने र नेपाली खाना लगायत नेपाली साँस्कृतिक कार्यक्रम र नेपाली पञ्चेबाजासहित फुकुओका नगर परिक्रमा गरिने जानकारी दिए ।

कार्यक्रममा १० हजार नेपालीहरुको सहभागीता रहने अनुमान गरिएको छ । त्यसभन्दा दोब्बर संख्यामा जापानीहरुको सहभागीता रहने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

Global Bank
easy care

प्रकाशित: १२ फाल्गुन २०७३, बिहीबार

ताजा समाचार