चार करोड लगानीमा बहुउपयोगी ट्रेनिङ सेन्टर स्थापना

Technology Khabar १२ फाल्गुन २०७३, बिहीबार

चार करोड लगानीमा बहुउपयोगी ट्रेनिङ सेन्टर स्थापना
Classic Tech

काठमाडौं, १२ फागुन। कोटेश्वर बालकुमारी पुलसँगै बहुउपयोगी आईसीए ट्रेनिङ्ग सेन्टर संचालनमा आएको छ । सेन्टरले थ्री स्टार होटल स्तरीय सुविधा नन स्टार शुल्कमा उपलब्ध गराउने जानकारी दिएको छ ।

सेन्टरमा १५ देखि १ सय जनासम्म अटाउने ६ वटा हल छन् । सेन्टरका हरेक हलमा भिडियो कन्फरेन्सिङ सुविधा छ ।

सेन्टर आफैंले सीटिईभिटी र लिंकन विश्वविद्यालयबाट सम्बन्धन लिएर विभिन्न किसिमका तलिमसमेत प्रदान गर्ने संचालक सुदीप कोइरालाले जानकारी दिए  ।

तालिम केन्द्रमा ४५ जनालाई सेवा दिन सकिने इन्डोर र १ सय ५० जनालाई सेवा दिन सकिने आउट डोर रेस्टुरेन्ट छ ।

सेन्टरमा १ सय ३५ जनालाई आवासीय सुविधा उपलब्ध गराउन सक्ने सिंगल र कमन बेड रुम छन् । आइसिए सेन्टरले अनलाइन र फिजिकल लाइव्रेरीसमेत स्थापना गरेको जानकारी दियो । सेन्टरमा साउना, जिमलगायतका सुविधासमेत छन् ।

ट्रेनिङ्ग सेन्टरले विजनेस इन्कुभेसन सेन्टरसमेत संचालन गरेको छ । नयाँ खालका बिजनेश आइडिया ल्याउनेलाई सेन्टरले १ लाख रुपैयाँदेखि १५ लाख रुपैयाँसम्म सहयोग गर्ने कोइरालाले जानकारी दिए । ट्रेनिङ सेन्टरले ह्यान्डी म्यान सपोर्ट सर्भिसमार्फत घरघरमा आवश्यक १२५ प्रकारका सीपयुक्त जनशक्तिसमेत उपलब्ध गराउने बताएको छ ।

सेन्टर स्थापना गर्न ४ करोड रुपैंया लगानी गरिएको अर्का संचालक भरत तिमिल्सिनाले जानकारी दिए ।

TK Viber

प्रकाशित: १२ फाल्गुन २०७३, बिहीबार

Loading...