नेपाल इजरायल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजको स्थापना

Technology Khabar १० फाल्गुन २०७३, मंगलवार

नेपाल इजरायल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजको स्थापना

काठमाडौं ।

काठमाडौं, १० फागुन।  नेपाल र इजरायलबीचको द्विपक्षीय व्यापार, लगानी र अन्य आर्थिक सम्बन्ध विस्तार तथा प्रबद्र्धनका लागि नेपाल इजरायल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजको स्थापना भएको छ ।

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत तथा नेपालका लागि इजरायली राजदूत यरोन मेयरले मंगलबार आयोजित एक कार्यक्रममा चेम्बर स्थापना भएको घोषणा गरे ।

परराष्ट्र मन्त्री महतले नेपाल इजरायल चेम्बरले दुई देशबिचको आर्थिक व्यापारीक सम्बन्धलाई सहयोग पुग्ने बताए । उनले इजरायलको प्रविधलाई नेपाल भित्र्याएर कृषिको उत्पादकत्व बढाउन सकिने भन्दै अब राजनीतिक भन्दा विकासको बारेमा छलफल गर्नुपर्ने बताए ।

नेपालका लागि इजरायली राजदूत मेयरले नेपाल राजनीतिक स्थीर आर्थिक विकासतर्फ उन्मुख भएको भन्दै इजरालयको क्षमता र प्रविधिलाई नेपालमा प्रयोग गर्न सकिने बताए । दुई मुलुकबिच संयुक्त लगानीका लागि सहजिकरण गर्नुपर्ने उनको भनाई थियो ।

नेपाल इजरायल चेम्बर अफ कमर्शको अध्यक्षमा शिशीर भट्ट छन् । यसैगरी उपाध्यक्षमा रविचन्द्र सिंह, सचिवमा जेआर (सागर) थापा, हेमन्त गोल्छा कोषाध्यक्ष तथा कार्यसमिति सदस्यमा सन्दीप शारडा र सुदीप आचार्य छन् ।

अन्य सदस्यहरूमा सुभाशीष थपलिया, प्रकाश डोटेल, लोकेन्द्र कार्की, कपिलदेव रेग्मी, भरतराज आचार्य, निखिल मुरारका, समृद्धि ज्ञवाली, विष्णु पन्थी, सुशील खड्का, किशन अग्रवाल, मणि चौलागाइँ, सिर्जना केसी, अर्जुन धरेल, मोहन लामा, टंकराज आचार्य, वीरेन्द्र पाण्डे, शिव दंगाल र विनय उपाध्याय रहेको जानकारि दिईयो ।

कार्यक्रममा इजरायलका कृषिविज्ञ भी हर्मनले इजरायलको पछिल्लो पानीसम्बन्धि प्रविधिको बारेमा प्रस्तुती गरेका थिए ।

नेपाल–इजरालय चेम्बरले दुवै देशबीच लगानी तथा व्यापार प्रबद्र्धनका साथै प्रविधि तथा सीप हस्तान्तरणमा समेत योगदान पुर्याउने लक्ष्य राखेको छ ।

Global Bank
easy care

प्रकाशित: १० फाल्गुन २०७३, मंगलवार

ताजा समाचार