रेनोल्टको फागुन १० गतेदेखि ‘टेस्ट ड्राइभ’ कार्यक्रम आयोजना

काठमाडौं, १० फागुन । नेपालमा रेनोल्टको आधिकारिक बितरक, एडभान्स अटो मोबाईल प्रा लि (विशाल समूहको सहायक) ले देशका विभिन्न शहरहरुमा फागुन १० गतेदेखि रेनोल्ट टेस्ट ड्राइभ कार्यक्रम आयोजना गरिरहेको छ ।

ग्राहकहरुले कावासोती, चितवन, जितपुर र कसौलीमा यूनाइटेड अटो कन्सर्नमा रेनो कारहरुको आविष्कारिक अनुभव लिन सक्ने कम्पनीले जानकारी दियो ।

रेनोल्ट टेस्ट ड्राइभ कार्यक्रममा, रेनोल्ट प्रेमीहरुले रेनोल्ट क्विड आफैंले चलाएर परिक्षण गर्न सक्नेछन् । यो कार्यक्रम ग्राहकहरुलाई रेनोल्ट ब्राण्डको बारेमा अधिक जानकारी प्रदान गर्न आयोजना गरिएको र कार्यक्रम यहि फागुन १९ गते सकिनेछ ।

विहान १० बजे देखि बेलुकी ६ बजेसम्म आयोजना हुने कार्यक्रममा ग्राहकहरुले रेनोल्ट कारहरुको आविष्कारिक र आश्चार्यजनक अनुभव हासिल गर्न सक्ने बताईएको छ ।

कार्यक्रमको अवधिमा ग्राहकहरुले रेनोल्ट क्विडको २५.१७ किलोमीटर प्रति घण्टाको इन्धन खपतको क्षमता, १८० मिलिमीटरको ग्राउण्ड क्लियरेन्स, ७ इन्चको एलसिडी टच इन्फोटेनमेन्ट सिस्टम, तथा रिमोट सेन्ट्रल लकिंग, १६ इन्चको गन मेटलह्विल्स, क्रुज कन्ट्रोल लगायतका अन्य विशेषताहरुको बारेमा जानकारी प्राप्त गर्नेछन् । साथै प्रत्येक टेस्ट ड्राइभ ग्राहकहरुले आकर्षक पुरस्कारहरु पनि जित्न सक्ने कम्पनीले जनाएको छ ।