२४ मेगापिक्सेल मुख्य क्यामरा भएको नोकिया ८ वेबसाइटमा लिस्टेड

Technology Khabar १० फाल्गुन २०७३, मंगलवार

२४ मेगापिक्सेल मुख्य क्यामरा भएको नोकिया ८ वेबसाइटमा लिस्टेड

काठमाडौं ।

काठमाडौं, १० फागुन । नोकियाको नयाँ आउन लागेको फोन चीनमा रिटेल वेबसाइटमा लिस्टेड भएको छ । नोकिया ८ स्मार्टफोन हालै चीनको अनलाइन रिटेल वेबसाइटमा प्री बुकिंगका लागि लिस्टेड गरिएको छ ।

चीनियाँ अनलाइन रिटेलर जेडी डटकममा तेस्रोपक्षद्धारा राखिएको जानकारीमा यसलाई नोकिया ८ स्मार्टफोन भएको दाबी गरिएको छ ।

चीनियाँ साइटमा यसको तस्विरसहित यसको विशेषताहरुको बारेमा जानकारी राखिएको छ । नोकिया ८ भनिएको स्मार्टफोनको मूल्य ३,१८८ यूआन रहेको छ, जून करिब ४६४ अमेरिकी डलर बराबर हुन्छ ।

तर यो स्मार्टफोन कहिलेदेखि किन्न सकिन्छ भनेर कुनै जानकारी दिईएको छैन् ।

नोकियाको कम्पनी एचएमडी ग्लोबलले मोबाइल वल्र्ड कंग्रेसमा नोकियाका विभिन्न सेटहरु सार्वजनिक गर्ने चर्चा हुँदै आएको छ । संभवत यो मोडल पनि सोहि बेला सार्वजनिक हुनसक्नेछ ।

नोकिया ८ भनेर लिस्टेड गरिएको यो स्मार्टफोनमा ५.७ इन्चको सूपर एमोलेड क्यूएचडी डिस्प्ले राखिएको छ । यसमा स्न्यापड्रागन ८३५ चिपसेटका साथै ४ जीबीको र्याम तथा ६४/१२८जीबीको आन्तरिक स्टोरेज हुने बताईएको छ ।

त्यसैगरी यसमा २४मेगापिक्सेलको रियर क्यामरा तथा १२ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।

easy care

प्रकाशित: १० फाल्गुन २०७३, मंगलवार

ताजा समाचार