लौ हेर्नुस् ‘नोकिया ३३१०’ फिचर फोनको नयाँ डिजाइन भिडियाेमा

Technology Khabar ८ फाल्गुन २०७३, आईतवार

लौ हेर्नुस् ‘नोकिया ३३१०’ फिचर फोनको नयाँ डिजाइन भिडियाेमा

काठमाडौं ।

काठमाडौं, ८ फागुन । केहि दिन अगाडि मात्रै नोकियाले नयाँ स्मार्टफोन तथा फिचर फोन सार्वजनिक गर्ने चर्चा बाहिर आएको थियो । नोकिया ब्राण्ड लिएको कम्पनी एचएमडी ग्लोबलले नोकियाको सफल फोन नोकिया ३३१० (Nokia 3310) मोडललाई नयाँ डिजाइनमा सार्वजनिक गर्ने संभावना रहेको छ ।

हालै यो फोनको डिजाइनको बारेमा जानकारीहरु बाहिर आएका छन् । यो पुरानो ३३१० फोनभन्दा धेरै फरक डिजाइन नहुने र फिचर फोन कै रुपमा आउने भएको हो ।

नोकिया ३३१० को बारेमा नयाँ भिडियो बाहिर आएको छ, जसमा पुरानो ३३१० फोन नयाँ रुपमा कसरी आउँछ भन्ने देखाईएको छ । यो भिडियोमा पुरानो ३३१० सिरिजको फोन र नयाँ ३३१० सिरिजमा के फरक हुनेछ भन्ने पनि देखाईएको छ ।

यूट्यूब च्यानल कन्सेप्ट क्रियटरले सार्वजनिक गरेको एक भिडियोअनुसार नोकिया ३३१० मा १.५ इन्चको स्क्रीन हुनेछ जसले २५६ के सपोर्ट गर्दछ । यो नयाँ फोनमा यूएसबी पोर्ट तथा ८ जीबीको आन्तरिक स्टोरेज हुनेछ भने १,६५० एमएएचको ब्याट्री राखिनेछ ।

यसअघि भेन्चरबिटको रिपोर्टअनुसार एचएमडी ग्लोबलले मोबाइल वल्र्ड कंग्रेसमा ३ देखि ५ वटा स्मार्टफोनहरु सार्वजनिक गर्न सक्नेछ । यसका साथै कम्पनीले पुरानो फिचर फोन नोकिया ३३१० को नयाँ प्रविधियुक्त मोडल पनि सार्वजनिक गर्नेछ । रिपोर्टअनुसार नोकियाका दुईवटा पुराना ३३१० फोनहरुलाई एन्ड्रोयडका साथमा आधुनिक भर्सनमा सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

easy care

प्रकाशित: ८ फाल्गुन २०७३, आईतवार

ताजा समाचार