ग्यालेन्ज एसी नेपाली बजारमा

Technology Khabar ८ फाल्गुन २०७३, आईतवार

ग्यालेन्ज एसी नेपाली बजारमा

काठमाडौं ।

काठमाडौं, ८ फागुन । हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले एयर कन्डिस्नरको नयाँ किफायती मोडल “ग्यालेन्ज” (Galanz) बजारमा ल्याएको छ । ग्यालेन्ज एसी अझ प्रभावशाली हुनुका साथै यसमा सुपर कुलिङ, एयर क्लिनिङ तथा इनर्जी सेभिङ जस्ता विशेषता छन् । ग्यालेन्ज एसीमा प्रयोग हुने जापानी कम्प्रेसरले थोरै विद्युत खपत गरी ध्वनी पनि कम राख्दछ ।

हाल यसका चार मोडलहरु बजारमा ल्याइएका छन् भने यी एसीहरु १२ महिने वारेन्टीका साथ उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

सेप्टेम्बर २८, १९७८ मा स्थापना भएको ग्यालेन्ज ग्रुप एक विश्वस्तरीय विद्युतीय सामाग्री ब्राण्ड हो । ग्यालेन्ज सधैँ विकास रणनीतिका लागि परिश्रम र परिवर्तनमा जोर दिँदै अर्थनीतिमा ध्यान पुर्याई घरायसी विद्युतीय सामाग्री उत्पादनमा केन्द्रित छ ।

हिम इलेक्ट्रोनिक्स प्रा.लि. ग्यालेन्ज ब्राण्डको आधिकारिक वितरक भएको कम्पनीले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: ८ फाल्गुन २०७३, आईतवार

ताजा समाचार