सिटिजन्स बैंकको ‘सिटिजन्स ५ वर्षे मुद्दति’ योजना

Technology Khabar ३ फाल्गुन २०७३, मंगलवार

सिटिजन्स बैंकको ‘सिटिजन्स ५ वर्षे मुद्दति’ योजना

काठमाडौं ।

काठमाडौं, ३ फागुन । सिटिजन्स बैंकले ग्राहकवर्गहरुको हितलाई ध्यानमा राखि फागुन ४ गते देखि लागु हुने गरी सम्पूर्ण वचत खाताहरुमा १ प्रतिशतका दरले ब्याज बृद्धि गरेको छ । बैंकले आफ्नो बचत खाताहरुको ब्याजदर न्यूनतम २ प्रतिशत र अधिकतम ४ प्रतिशत सम्म हुने गरी व्याज दर कायम गरेको जानकारी दिएको छ ।

यसैगरी फागुन ४ गते देखि नै लागु हुने गरी बैंकले आकर्षक ब्याजदरका साथ सिटिजन्स ५ वर्षिय मुद्दती योजना सार्वजनिक गरेको छ । यस योजनाका विशेषताहरुमा मुद्दती खातामा वार्षिक १२ प्रतिशतसम्म व्याजदर, समयावधि १ वर्षदेखि ५ वर्ष सम्मको हुने छ ।

सो योजना अन्तरगत न्यूनतम १ लाख रुपैंयामा मुद्दती खाता खोल्न सकिने तथा सो योजना अन्तरगत २ वर्ष सम्मको मुद्दती खाता हुने र ग्राहकले जुनसुकै वखत आफनो खातामा रहेको रकम झिक्न सक्ने बताईएको छ ।

यसैगरी २ वर्ष भन्दा वढी अवधिको मुद्दती खाता हुने ग्राहकले २ वर्ष पश्चात कुनै पनि बखत आफ्नो रकम झिक्न सक्नेछन् । यसरी आफ्नो खाताबाट रकम झिक्दा कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: ३ फाल्गुन २०७३, मंगलवार

ताजा समाचार