आइफोन ८ मा वायरलेस चार्जिंग, ब्याट्री क्षमता बढाईने, ओएलईडी डिस्प्ले

Technology Khabar ३ फाल्गुन २०७३, मंगलवार

आइफोन ८ मा वायरलेस चार्जिंग, ब्याट्री क्षमता बढाईने, ओएलईडी डिस्प्ले

काठमाडौं ।

काठमाडौं, ३ फागुन । एप्पलको आउने नयाँ आइफोनमा वायरलेस चार्जिंगको फिचर हुने भएको छ । यो फिचरले आइफोन प्रयोगकर्ताहरुले बिना प्लग जोडेर फोन चार्ज गर्न सकिन्छ ।

यसका साथै एप्पलले आइफोन ८ (iPhonne 8) यसअघिको आइफोन सेभेनको ४.७ इन्चको साइजमा नै बनाउने नयाँ रिपोर्ट आएको छ । केजीआईका (KGI)  मिंग ची कुओले सार्वजनिक गरेको नयाँ रिपोर्टअनुसार यसको डिस्प्ले साइज एउटै भएपनि यसको ब्याट्री क्षमता भने यसअघिको भन्दा अधिक हुनेछ । कम्पनीले यसमा राख्ने ब्याट्री हालको आइफोन सेभेन प्लसमा भएको २,७०० एमएएचको जत्रै हुने अनुमान गरिएको छ ।

रिपोर्टअनुसार नयाँ आइफोनमा ओएलईडी (OLED) डिस्प्ले राखिनेछ भने जसको साइज ५.५ इन्चको हुनेछ र यो फोन बेजेल नभएको (bezel less) फोन हुनेछ । ५.५ इन्चको डिस्प्ले भएको आइफोनको फिजिकल साइज ४.७ इन्चको आइफोन जत्रै भएपनि यसको डिस्प्ले बेजेललेस हुने हुँदा ठूलो हुनेछ ।

सिमित फिजिकल साइजमा ठूलो स्क्रीनलाई राख्दा ब्याट्रीको क्ष्मतामा भने सुधार गर्नु महत्वपूर्ण विषय हो । यो ओएलईडी आइफोनका लागि करिब ५० प्रतिशतको वृद्धि भएको रिपोर्टको दाबी छ ।

यसअघिका चर्चाहरुमा भने ओएलईडी आइफोनले अगाडिको सबैभाग कभर गर्ने र बेजेलका लागि पनि स्थान नहुने बताईएको छ ।

केजीआले ब्याट्री क्षमता बढाउन आइफोनमा एप्पलले पीसिबी मेनबोर्डमा सुधार गर्नेछ । एप्पलले बोर्डलाई सानो बनाएर डिभाइसको भित्र ब्याट्रीका लागि ठूलो स्थान सिर्जना गर्नेछ ।

यसका साथै आइफोन सेभेन एस तथा आइफोन सेभेन एस प्लसमा पनि नयाँ मेनबोर्ड प्रविधि प्रयोग हुने चर्चा चलेको छ, तर यी फोनहरुमा ब्याट्री क्षमता भने अहिलेको आइफोन सेभेन तथा सेभेन प्लस बराबर नै हुने बताईएको छ ।

नयाँ मेनबोर्ड राख्दा यसको लागत खर्च अहिलेको बोर्डभन्दा निकै बढ्नेछ र यो करिब ८० प्रतिशतभन्दा बढि उत्पादन लागत हुनेछ । यसको अर्थ आइफोन ८ प्रिमियम फोनको रुपमा प्रिमियम मुल्यसहित आउनेछ ।

आइफोन सेभेन एस, सेभेन एस प्लस तथा आइफोन एट सन् २०१७ को शरद ऋतुको समयमा सार्वजनिक गर्नेछ ।

माध्यम

easy care

प्रकाशित: ३ फाल्गुन २०७३, मंगलवार