फोन किन्दै हुनुहुन्छ ? पर्खनुहोस् नयाँ मोबाइल ब्राण्ड ‘कुलप्याड’ आउँदैछ

Technology Khabar १ फाल्गुन २०७३, आईतवार

फोन किन्दै हुनुहुन्छ ? पर्खनुहोस् नयाँ मोबाइल ब्राण्ड ‘कुलप्याड’ आउँदैछ

काठमाडौं ।

काठमाडौं, १ फागुन । तपाईँ नयाँ फोन किन्ने तयारीमा हुनुहुन्छ ? त्यसाेभए, पख्नुहोस् सोमबारबाट नयाँ मोबाइल ब्राण्ड नेपालमा भित्रँदैछ । के थाहा तपाईँले मन पराएको वा खोजे जस्तो फोन ब्राण्ड बजारमा आउन लागेको हो की ?

नेपाली बजारमा पछिल्ला दिनहरुमा नयाँ ब्राण्डका मोबाइल फोन भित्रने क्रममा कुलप्याड (Coolpad) मोबाइल ब्राण्ड आउन लागेको हो । कुलप्याड आउने चर्चा करिब ६ महिनाअघिदेखि भएपनि कम्पनीले औपचारिकरुपमा सोमबारबाट नेपालमा आएको घोषणा गर्दैछ ।

कम्पनीले सोमबार एक कार्यक्रमका बिच कुलप्याड ब्राण्डको घोषणा गर्न लागेको छ, जसको लागि कम्पनीले मिडियालाई निम्तो पनि पठाईसकेको छ ।

चीनियाँ स्मार्टफोन ब्राण्ड कुलप्याड नेपालमा भने जयमाँ इन्टरकन्टिनेन्टल प्रालिले आधिकारिकरुपमा ल्याउन लागेको हो । यो कम्पनी लक्ष्मि ग्रुप अन्तरगतको कम्पनी हो । यो कम्पनीले केहि दिन अघि मात्र नेपाली ब्राण्डको रुपमा ओटो मोबाइल सार्वजनिक गरेको थियो, जसले ओटो मार्क स्मार्टफोन र ओटो रियो फिचर फोन आएको घोषणा गरेको थियो ।

कुलप्याडले कुन कुन मोडल पहिलो चरणमा सार्वजनिक गर्दछ भन्ने जानकारी गोप्य राखिएको छ, तर मिडिया निम्तो पत्रमा भने ड्यूल क्यामराको फोटोसहित आमन्त्रण गरिएको छ । मिडिया इन्भिटेसनको आधारमा हेर्ने हो भने कम्पनीले पहिलो चरणमा नै ड्यूल क्यामरा भएको स्मार्टफोन कुलप्याड सि वान (Coolpad C1) सार्वजनिक गर्ने तयारी गरेको छ । यो स्मार्टफोन भारतीय बजारमा पनि उपलब्ध रहेको छ । भारतमा अम्याजन इण्डियामा लिस्टेड कुलप्याण्ड कुल वान (Cool 1) (जसलाई सि वान पनि भनिन्छ) नामक स्मार्टफोनमा ड्यूल ६पी लेन्सका साथमा १३ मेगापिक्सेलको प्राइमरी ड्यूल क्यामरा राखिएको छ भने सेल्फीका लागि ८ मेगापिक्सेलको क्यामरा छ ।

५.५ इन्च भएको यो स्मार्टफोनमा फूलएचडी डिस्प्ले रहेको छ भने एन्ड्रोयड मार्शमाल्लो ६.० भर्सनमा संचालन हुन्छ । क्वालकम स्न्यापड्रागन ६५२ अक्टा कोर प्रोसेसर राखिएको यो स्मार्टफोनमा ४ जीबीको र्याम तथा ३२ जीबीको आन्तरिक स्टोरेज रहेको छ ।

यो फोनको अर्को विशेषता भनेको यसमा फोरजी एलटिई ड्यूल नानो सिम सपोर्ट गर्दछ भने ड्यूल स्ट्याण्डबाइ सिस्टम रहेको छ ।

यसमा ४,००० एमएएचको ब्याट्री प्याक राखिएको छ जसले १२ घण्टासम्मको टकटाइम दिने कम्पनीको दाबी छ ।

फोनमा रियर क्यामराको तल्लो भागमा फिंगरप्रिन्ट सेन्सर पनि राखिएको छ भने यो सिल्भर कलरमा मात्र उपलब्ध छ ।

यो स्मार्टफोनको मूल्य भारतीय बजारमा १३,९९९/- भारु अर्थात करिब २३ हजार ४ सय नेपाली रुपैंया तोकिएको छ ।

यसका साथै कम्पनीले कुलप्याडका नोटहरु पनि सार्वजनिक गर्ने तयारीमा रहेको कम्पनी स्रोतले जानकारी दिएको छ । संभवत कम्पनीले कुलप्याड नोट ३ र नोट ५ पनि नेपाली बजारमा घोषणा गर्नेछ । कुलप्याडले नेपालमा उल्लेखित सहित संभवत ४ वटा मोडलका फोनहरु सार्वजनिक गर्नेछ जून १० हजार रुपैंया भन्दा माथिका हुनेछन् । तर कुलप्याडका कुन कुन मोडल आउँछ भन्ने सोमबार मात्रै थाहा हुनेछ ।

अब तपाईँ पनि नेपालमा भित्रिने नयाँ मोबाइल ब्राण्ड कुलप्याडका फोनहरु किन्न चाहनुहुन्छ भने सोमबारसम्म कुर्ने हो की ?

याे पनि हेर्नुहाेस्-

एक्सक्लूसिभ: कूलप्याड मोबाइलका अधिकारीहरू बजार सर्वेक्षणमा

easy care

प्रकाशित: १ फाल्गुन २०७३, आईतवार