नोकियाको ६जीबी र्यामसहितको स्मार्टफोन आउँदै, ब्ल्याकबेरी पनि बजारमा आउने

Technology Khabar २८ माघ २०७३, शुक्रबार

नोकियाको ६जीबी र्यामसहितको स्मार्टफोन आउँदै, ब्ल्याकबेरी पनि बजारमा आउने

काठमाडौं ।

काठमाडौं, २८ माघ । एचडिएम ग्लोबल र टिसिएलले स्पेनको बार्सिलोनामा आयोजना हुने मोबाइल वल्र्ड कंग्रेसमा क्रमशः नोकिया र ब्ल्याकबेरीका स्मार्टफोनहरु सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । एमसिडब्लू यहि फेब्रुअरीको अन्त्यमा स्पेनमा हुँदैछ ।

एचडिएमले नोकियाको नयाँ फ्ल्यागशिप मोडल पी वान (P1) सार्वजनिक गर्ने अनुमान छ । यो स्मार्टफोनमा ५.३ इन्चको डिस्प्ले राखिएको छ भने क्वालकमको स्न्यापड्रागन ८३५ सिपीयू राखिएको छ । यसमा ६ जीबीको र्याम तथा २५६ जीबीको आन्तरिक स्टोरेज राखिएको छ । नोकियाको नयाँ फोनमा फास्ट चार्जिंग तथा वाटर प्रुफ फिचर हुनेछ ।

नोकिया पी वान स्मार्टफोन फक्सकन इलेक्ट्रोनिक्सको ह्याण्डसेट बनाउने शाखा एफआईएच मोबाइलद्धारा बनाईने बताईएको छ ।

नोकियाले चीनियाँ बजारमा हालै सार्वजनिक गरेको डि सिक्सको (D6) खरिद दर्ताको लागि लाखौं दर्ता प्राप्त गरेपछि निकै उत्साहित हुँदै नयाँ फोन ल्याउने अनुमान गरिएको छ । एचडिएम ग्लोबलले यहि फेब्रुअरी २७ मा स्मार्टफोन सार्वजनिक गर्नका लागि आमन्त्रण पठाईसकेको छ ।

नोकियाको नयाँ स्मार्टफोन पी वानको बारेमा विभिन्न जानकारीहरु बाहिर आएका छन्  यसमध्येको एक कन्सेप्ट क्रिएटरले नयाँ भिडियोसहित जानकारीहरु बाहिर ल्याएको छ । यसको अनुसार पी वानमा सानो होम बटन अगाडिको भागमा हुनेछ, जसमा संभवत फिंगरप्रिन्ट सेन्सर राखिएको छ । मेटल फ्रेमसहितको फोनमा दुबैभागमा ग्लास प्रयोग गरिएको छ भने यसमा कार्ल जेईस लेन्स रियर क्यामरामा प्रयोग गरिएको छ ।

रियर क्यामराका लागि तीनवटा फ्ल्याश राखिएको छ । यसको रियर क्यामरा २२.६ मेगापिक्सेलको हुनेछ । यो फोन एन्ड्रोयड नुगटमा आधारित भएर चल्नेछ भने ३,५०० एमएएचको ब्याट्री प्याक रहनेछ ।

नोकियाको फोन १२८ जीबी भर्सनका लागि करिब ८०० डलर तथा २५६ भर्सनका लागि करिब ९५० अमेरिकी डलर हुनसक्ने अनुमान गरिएको छ ।

यसैबिचमा टिसिएलले ब्ल्याकबेरीको नयाँ स्मार्टफोन सार्वजनिक गर्ने अपेक्षा गरिएको छ, जसमा ब्ल्याकबेरी सेक्यूरिटी एण्ड सर्भिस किट राखिएको छ । नयाँ स्मार्टफोन ब्ल्याकबेरी र टिसिएलले सहकार्यको लागि सम्झौता सन् २०१६मा गरेपछि आउन लागेको हो ।

टिसिएलले ब्ल्याकबेरी स्मार्टफोनहरु उत्पादन गर्न थालेपछि चीनमा आधारित कम्पनी टिसिएलको प्रोडक्स पोर्टफोलियोमा वृद्धि हुनेछ । एजेन्सीहरु

easy care

प्रकाशित: २८ माघ २०७३, शुक्रबार