अब आइफोनमा पनि टेलिकमको फोरजी चल्ने, यसरी गर्नुहोस सेटिंग

Technology Khabar २६ माघ २०७३, बुधबार

अब आइफोनमा पनि टेलिकमको फोरजी चल्ने, यसरी गर्नुहोस सेटिंग

काठमाडौं ।

काठमाडौं, २६ माघ । नेपाल टेलिकमको फोरजी एलटिई सेवा आइफोनका सबै संस्करणका सेटहरुमा प्रयोग गर्न सकिने भएको छ । कम्पनीले माघ २५ गतेदेखि सबै किसिमका आइफोनमा फोरजी सेवा चलाउन सकिने जानकारी दिएको हो ।

यसअघि आइफोन फाइभ सेटहरुमा मात्र प्रयोग गर्न सकिन्थ्यो भने मंगलवारदेखि आइफोन सिक्स, सिक्स प्लस, आइफोन सेभेन तथा सेभेन प्लसमा सेटहरुमा पनि प्रयोग गर्न सकिने भएको हो ।

टेलिकमले नेपालमा फोरजी शुरु गरेपछि पनि आइफोन सेवा उपलब्ध हुन सकेको थिएन् । यसको लागि कम्तिमा मार्चदेखि मात्र शुरु हुने यसअघि विभिन्न किसिमले जानकारी आएका थिए । तर टेलिकमले निरन्तररुपमा एप्पललाई आग्रह गरेपछि कम्पनीको निर्धारित समय अगावै बेटा भर्सन रिलिज गरि फोरजी सेवा प्रयोग गर्न सकिने व्यवस्था गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसरी आइफोनमा फोरजी एक्टिभ गर्नुहोस्

आइफोन सिक्स सिक्स प्लस सेभेन र सेभेन प्लसका फोनसेटहरुमा फोरजी संचालन गर्नका लागि एप्पलको वेबसाइटमा https://beta.apple.com/ उपलब्ध निर्देशन अनुसार आफ्नो फोनको ब्याकअप लिई प्रोफाइल डाउनलोड गर्नुपर्ने हुन्छ ।

त्यसपछि जनरलको सेटिंगमा गई सफ्टवेयर अपडेटमा गई बेटा भर्सन डाउनलोड गर्न सकिन्छ र आइफोन सिक्स तथा सो भन्दा माथिका आइफोन संस्करणमा टेलिकमको फोरजी/एलटिई चलाउन सकिनेछ ।

याे पनि हेर्नुहाेस्-

टेलिकमकाे प्रिपेडमा पनि फोरजी आयो, आईफोनमा भने मार्चमा

easy care

प्रकाशित: २६ माघ २०७३, बुधबार