नेपाली युवाले बनाए ‘रेस्पेक्ट एप’, नयाँ सामाजिक संजाल अप्रिलमा सार्वजनिक हुने

Technology Khabar २५ माघ २०७३, मंगलवार

नेपाली युवाले बनाए ‘रेस्पेक्ट एप’, नयाँ सामाजिक संजाल अप्रिलमा सार्वजनिक हुने
Classic Tech

काठमाडौं, २५ माघ । नेपाली युवाहरुको कम्पनी रेस्पेक्ट इंक (respect inc.) ले नयाँ सामाजिक संजाल एप बनाएको छ । कम्पनीले यहि अप्रिलमा यो एप सार्वजनिक गर्ने जानकारी दिएको छ ।

एन्ड्रोयड तथा आईओएस दुबै भर्सनमा प्रयोग गर्न सकिने यो रेस्पेक्ट एप (respect app) नेपालीहरुलाई लक्षित गरेर बनाईएको सामाजिक संजाल एप हो । कम्पनीकाअनुसार यो एपमा कर्पोरेट र अन्य व्यवसायीहरुका लागि व्यवसायीक प्लेटफर्म बनाईएको छ ।

रेस्पेक्ट निर्माण समुह नेपाली इन्जिनियरसहित नेपाली युवा व्यवसायीको लगानीमा तयार गरिएको र यसमा सर्वसाधारण र व्यवसायीक कम्पनी दुबैले फाइदा लिन सकिने कम्पनीको दाबी छ ।

हाल सामाजिक संजालमा आवश्यक जानकारी र प्रयोगकलाई आर्थिक रुपले उपयोग गर्न नसकिएको हुँदा रेस्पेक्ट एपले प्रयोगकर्ता र व्यवसायी दुबैलाई ‘वीनवीन’ हुनेगरि प्लेटफर्म निर्माण गरेको जनाएको छ ।

यो एपमा कम्पनीहरुले निशुल्क तथा सशुल्क व्यापार प्रबद्र्धन गर्ने र सामान्य प्रयोगकर्ताहरुले विशेष छुटसहित विभिन्न अफर पाउने बताईएको छ । गैर नाफामुलक संस्थाहरुले पनि सहयोग रकम प्राप्त गर्न यसलाई माध्यम बनाउने सकिने कम्पनीको भनाई छ ।

शुरुवाती चरणमा यो नेपाली, अंग्रेजी र जापानी भाषामा तयार गरिने र अन्य सामाजिक संजालसँग पनि जोडिन सकिने छ ।

हाल एन्ड्रोयडमा परिक्षण भईरहेको यो एप आईओएसमा पनि तयार भईरहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

TK Viber

प्रकाशित: २५ माघ २०७३, मंगलवार

Loading...