जस्मिन पेन्ट्सद्धारा पेन्टर मजदुरलाई सम्मान

Technology Khabar २५ माघ २०७३, मंगलवार

जस्मिन पेन्ट्सद्धारा पेन्टर मजदुरलाई सम्मान

काठमाडौं ।

काठमाडौं, २५ माघ । जस्मिन पेन्ट्स प्रा.लि.ले पेन्टर मजदुरहरुलाई सम्मान तथा उपहार प्रदान गरेको छ ।

काठमाडौमा आयोजित कार्यक्रममा जस्मिन पेन्ट्स नेपालका व्राण्ड एम्वेस्डरद्धय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पुरस्कृत पेन्टर मजदुर साथीहरुलाई सम्मान तथा उपहार प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै एम्वेस्डर द्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले देशका धेरै उत्पादनहरु गुणस्तरीय बन्दै गइरहेकोले उपभोक्तालाई निर्धक्क भएर प्रयोग गर्न आव्हान गरे ।

कम्पनिका कन्ट्रि म्यानेजर रविन शर्मा भुषालले कम्पनिका महत्वपूर्ण उत्पादनहरु रोयल ग्लेज एक्स्टेरियर इमोल्सन र लो भोक पेन्ट होम एण्ड ट्रिमको बारेमा पनि जानकारी गराएक थिए । कार्यक्रममा देशका विभिन्न शहरहरुमा पेन्टर उपहार योजना भाग–३ अन्र्तगत उपहार विजेता पेन्टर मजदुरहरुलाई मोटरसाइकल, फ्रिज, टि.भि, ल्यापटप लगायतका पुरस्कारहरु वितरण गरिएको कम्पनीले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: २५ माघ २०७३, मंगलवार

ताजा समाचार