एप्पललाई पछि पार्दै गूगल बन्यो विश्वको सबैभन्दा मूल्यवान कम्पनी, नोकिया फर्कियो

Technology Khabar २४ माघ २०७३, सोमबार

एप्पललाई पछि पार्दै गूगल बन्यो विश्वको सबैभन्दा मूल्यवान कम्पनी, नोकिया फर्कियो

काठमाडौं ।

काठमाडौं, २४ माघ । विश्वको सबैभन्दा मूल्यवान कम्पनीको नाम लिनुपर्दा अधिकांशले एप्पल भन्ने गर्दछन् । तर अब भने विश्वको मूल्यवान कम्पनीको नाममा परिवर्तन भएको छ र एप्पलको स्थान गूगलले लिएको छ ।

हालै ब्राण्ड फाइनान्सले सार्वजनिक गरेको रिपोर्टअनुसार गूगल विश्वको सबैभन्दा मूल्यवान कम्पनी भएको छ । रिपोर्टअनुसार गूगलको मूल्य १०९.४ विलियन अमेरिकी डलर भएको छ । यो वर्ष गूगलको मूल्यमा २४ प्रतिशतबाट बढेर १०९.४ विलियन अमेरिकी डलर पुगेको हो । यसअघि सन् २०१६ मा गूगलको मूल्य ८८.२ विलियन अमेरिकी डलर थियो ।

उता एप्पलको मूल्य भने यो वर्ष घटेको देखिएको छ । रिपोर्टकाअनुसार एप्पलको मूल्य १०७.१ विलियन अमेरिकी डलर कायम भएको छ । यसअघि एप्पलको मूल्य २०१६ मा १४५.९ विलियन डलर रहेको थियो ।

यसअघि गूगल सन् २०११ मा विश्वको मूल्यवान कम्पनीको पहिलो नम्बरमा रहेको थियो । गूगलको आफ्नो मुख्य व्यवसाय सर्च बिजनेश, र यसको आम्दानीको मूख्यबाटो भनेको विज्ञापन रहेको छ । यसको विज्ञापनमा सन् २०१६ मा २० प्रतिशतले वृद्धि भएको थियो ।

एप्पलले यो वर्ष मूल्यवान कम्पनीको पहिलो स्थान गुमाउनुको मुख्य कारणमा यसले प्राविधिक फाइदालाई कायम गर्न नसकेको बताईएकोछ । यसले आफ्नो सफल आइफोन सेभेन तथा सेभेन प्लस बिक्रीबाट राम्रो आम्दानी गरेपनि पहिलो स्थान हासिल गर्न सकेन् ।

ब्राण्ड फाइनान्सले सार्वजनिक गरेको रिपोर्टअनुसार विश्वको मूल्यवान कम्पनीको रुपमा तेस्रो स्थानमा अनलाइन इकमर्श साइट अम्याजन रहेको छ भने चौथो स्थानमा अमेरिकी क्यारियर एटी एण्ड टी तथा पाँचौं स्थानमा माइक्रोसफ्ट रहेको छ ।

त्यसैगरी छैटौं स्थानमा कोरियाली टेक कम्पनी सामसंग छ भने सातौं स्थानमा अमेरिकी कम्पनी भेरिजोन रहेको छ । विश्वको मूल्यवान कम्पनीको आठौं स्थानमा भने रिटेल कम्पनी वालमार्ट रहेको छ । विश्वको सबैभन्दा अधिक प्रयोग हुने सामाजिक संजाल फेसबुक भने नवौं स्थानमा रहेको छ ।

विश्वको मूल्यवान कम्पनीको रुपमा अमेरिकी र कोरियाली कम्पनीहरु रहँदा दशौं स्थानमा भने एउटा चीनियाँ कम्पनी आएको छ । चीनीयाँ बैंक इण्डट्रियलर एण्ड कमर्शियल बैंक आइसिबिसी विश्वको मूल्यवान कम्पनीकोको दश नम्बरमा रहेको छ ।

यसैगरी विश्वको सबैभन्दा शक्तिशाली ब्राण्डमा भने अमेरिकी लेगो ब्राण्ड रहेको छ । लेगोले विभिन्न किसिमका बालबालिकाका खेलौनाहरु, सिनेमालगायतका सामाग्रीहरु उत्पादन गर्दछ, जसले लाइसेन्सबाट अधिक आम्दानी गर्दछ ।

भेरिजोनलाई पछि पार्दै एटी एण्ड टीले विश्वको मूल्यवान टेलिकम ब्राण्डको स्थान ओगटेको छ भने  इमेरेट्स हवाई कम्पनी ब्राण्डलाई अमेरिकन, यूनाइटेड र डेल्टाले पछाडि पारेका छन् ।

त्यस्तै विश्वको मूल्यवान कम्पनीको ५०० श्रेणीमा नोकियाको पुनरागमन भएको छ, नोकिया ३४१ औं स्थानमा रहेको छ । नोकियाले हालै नोकिया ६स्मार्टफोन सार्वजनिक गर्नु र अल्काटेलको रिब्राण्डले यसलाई अगाडि ल्याएको बताईएको छ ।

विश्वको मूल्यावन ५०० वटा कम्पनीको रुपमा टेक कम्पनीहरु चाइना मोबाइल, आइबिएम, अलिबाबा, ओर्याकल, ह्वावे, भोडाफोन, डेल, विच्याट, यूट्यूब, सोनी, एचपी, क्यानन, फिलिप्स, इबे, पानासोनिक, याहू लगायतका छन् ।

Global Bank
easy care

प्रकाशित: २४ माघ २०७३, सोमबार

ताजा समाचार