मोबाइल कम्प्लेक्सको थ्रीजीसँग फोरजी फोन साट्ने अफर भ्यालेन्टाइन डेसम्म

Technology Khabar २३ माघ २०७३, आईतवार

मोबाइल कम्प्लेक्सको थ्रीजीसँग फोरजी फोन साट्ने अफर भ्यालेन्टाइन डेसम्म
Classic Tech

काठमाडौं, २३ माघ । ललितपुर मोबाइल कम्प्लेक्सले यहि माघ २२ गते समापन भएको मोबाइल एक्स्पो २०१७ को अफरलाई निरन्तरता दिएको छ । कम्प्लेक्सले आफ्ना नियमित ग्राहकहरुलाई ‘थ्रीजी स्मार्टफोन ल्याउनुहोस् फोरजी स्मार्टफोन लानुहोस्’ अफर भ्यालेन्टाइन डेसम्मका लागि निरन्तर दिने जानकारी दिएको छ ।

यो अफरमा ग्राहकहरुले आफ्नो थ्रीजी स्मार्टफोन साटेर नयाँ ब्राण्डेड फोरजी फोन लान सक्नेछन् । त्यसको लागि कम्प्लेक्सले अनुभवी तथा दक्ष भ्यालूएटर राखेर थ्रीजी फोनको मूल्य कायम गर्नेछ भने ग्राहकहरुले आफ्नो पुरानो प्रविधि भएको फोनको साटो नयाँ फोरजी फोन एक्स्चेन्ज गर्न सक्ने कम्पनीले जनाएको छ ।

आफ्ना नियमित ग्राहकहरुका लागि ‘थ्रीजी स्मार्टफोन ल्याउनुहोस् फोरजी स्मार्टफोन लानूहोस’ अफर निरन्तरता दिएको कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले जानकारी दिए । ‘यो अफरको लागि ग्राहकहरुले अत्यधिक सोधखोज गरेका छन् र अवधि थप गर्न आग्रह गरेका छन्,’ उनले भने, ‘त्यसैले हामीले रेगुलर ग्राहकहरुका लागि यो अफरलाई कन्टिन्यू गरेका छौंं ।’

कम्प्लेक्सले ‘एउटा मोबाइल किन्दा अर्को मोबाइल फ्रि’ अफर तथा ५ देखि ७० प्रतिशतसम्मको छुटलाई फेब्रुअरी १४ तारिख अर्थात भ्यालेन्टाइन डेसम्मका लागि लागू गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: २३ माघ २०७३, आईतवार

Comments are closed.

Loading...