अब ‘इण्डिया मेड’ अाइफाेन, भारतमा एप्पलले आइफोन उत्पादन गर्दै

Technology Khabar २३ माघ २०७३, आईतवार

अब ‘इण्डिया मेड’ अाइफाेन, भारतमा एप्पलले आइफोन उत्पादन गर्दै

काठमाडौं ।

काठमाडौं, २३ माघ । अब एप्पलले भारतमा आइफोन उत्पादन शुरु गर्ने भएको छ । एप्पलले भारतको कर्नाटका राज्यमा नयाँ प्लान्ट लगाउन कर्नाटका राज्यले अनुमति दिएको छ ।

एप्पलले यहि अप्रिलको अन्त्यदेखि बेंगलुरुमा नयाँ प्लान्ट राखेर आइफोनहरु एसेम्बल्ड गर्ने भएको छ । कर्नाटका राज्यका आइटि मन्त्री प्रियन्क खड्गेले जारी गरेको प्रेस विज्ञप्तिअनुसार एप्पलको पहलले राज्यको आपूर्ति विकास तथा प्रविधिको इको सिस्टमलाई अगाडि बढाउन सकिने उल्लेख छ ।

तर एप्पलले कहिलेदेखि उत्पादन शुरु गर्नेछ भन्ने कुनै जानकारी छैन तर मन्त्री खड्गेका अनुसार यहि जूनदेखि उत्पादन शुरु हुने अपेक्षा गरिएको छ ।

भारत एप्पलका आइफोनहरु एसेम्बल गर्ने तेस्रो मुलुक हो, जसले विश्वको सबैभन्दा मूल्यवान कम्पनीको लागि सो देश कति महत्वपूर्ण छ भन्ने देखाउँछ ।

एप्पलले ताइवानको विस्ट्रोन कर्पको माध्यमबाट बेंगलुरुमा आइफोन बनाउने छ ।

एप्पलको आपूर्ति श्रृंखला निकै कम्प्लेक्स छ । यसका आइफोन, आइप्याड, आइपोड तथा म्याक बनाउन विभिन्न देशहरुमा रहेका आपूर्तिकर्ताहरुबाट सामानहरु आयात गरेर एसेम्बल गर्ने गरेको छ । यसका विभिन्न सामाग्रीहरु २८ मुलुकमा रहेका तेस्रो पक्षबाट आउने गरेका छन भने यसको ७६६ आपूर्तिकर्तामध्ये ३४६ वटा चीनमा, १२६ वटा जापानमा र ६९ वटा अमेरिकामा रहेका छन् ।

easy care

प्रकाशित: २३ माघ २०७३, आईतवार

ताजा समाचार