पल्सर मोटरसाइकलको नयाँ शोरुम महेन्द्रनगरमा

Technology Khabar १६ माघ २०७३, आईतवार

पल्सर मोटरसाइकलको नयाँ शोरुम महेन्द्रनगरमा
Classic Tech

महेन्द्रनगर, १६ माघ । एचएच बजाज, पल्सर मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हो । एचएच बजाजले आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधासहितको नयाँ शोरुम के. एम. इन्टरप्राइजेज महेन्द्रनगरको कन्चनपुर भासी–२ मा संचालनमा ल्याएको छ ।

नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउनेछ । शोरुमको सहयोगले एचएच बजाजले आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ अपेक्षा गरेको छ ।

नयाँ शोरुम शुभारम्भ भएको अवसरमा एचएच बजाजका कार्यकारी निर्देशक शेखर गोल्छाले भने, ‘हामी हाम्रा ग्राहकहरु निरन्तर बढिरहेकोमा निकै खुशी छौं । त्यसको लागि हाम्रा ग्राहकहरुलाई सहिरुपमा संतुष्टिकासाथ सेवा प्रदान गर्नु हाम्रो उत्तरदायित्व हो ।’

नयाँ शोरुमको शुभारम्भसँगै, शोरुमले ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको छ ।

TK Viber

प्रकाशित: १६ माघ २०७३, आईतवार

Loading...