जियोनि स्मार्टफोनकाे अपेडट समस्याले प्रयोगकर्ताहरु प्रभावित

Technology Khabar १४ माघ २०७३, शुक्रबार

जियोनि स्मार्टफोनकाे अपेडट समस्याले प्रयोगकर्ताहरु प्रभावित
Global IME Bank

काठमाडौं ।

काठमाडाैं, १४ माघ । आज जियोनि स्मार्टफोन प्रयोगकर्ताहरुको फोनमा अचानक समस्या आएको छ । मोबाइलको सफ्टवेयरमा देखिएको समस्याका कारण नेपालका अधिकांश जियोनि फाेन प्रयोगकर्ताहरुको फोनमा समस्या आएको हो ।

जियोनिको केहि मोडलका स्मार्टफोनहरुमा समस्या आएको हुँदा आज अधिंकाश जियोनि फोन प्रयोगकर्ताहरुको फोनमा समस्या आएको हो । कम्पनीकाअनुसार पि फाइभ, एस सिक्स एसलगायतका केहि मोडलहरुमा सफ्टवेयर अपडेट हुन नसक्दा समस्या देखिएको हो । बजारमा जियाेनिका यि लाेकप्रिय फाेन सेट हुन् । हिजो रातीदेखि नै जियोनिका स्मार्टफोनहरु आफैं बन्द भएका थिए भने फोनको सफ्टवेयर अपडेट नहुँदा प्रयोगकर्ताहरु समस्यामा परेका थिए ।

जियोनि प्रयोगकर्ताहरु आज बिहानैदेखि प्रयोगकर्ताहरु जियोनिको सर्भिस सेन्टरमा फोनमा समस्या आएको भन्दै गुनासो गर्न पुगेका थिए । यसले जियोनि सर्भिस सेन्टरमा नै ग्राहकहरुले फोन बनाउन कुर्नुपरेको एक ग्राहकले गुनासो गरे । जियोनीको केहि छानिएका मोडलहरुमा सफ्टवेयर अपडेट दिईएकोमा अचानक समस्या हुँदा फोन चलाउन समस्या भएको हो ।

जियोनि एस सिक्स एसमा २ दिन अघि बग अपेडट तथा पि फाइभ डब्लूसहित अर्को एउटा मोडलमा मार्शमाल्लो ६.० भर्सनको अपरेटिंग सिस्टम अपडेट दिईएको थियो । तर उक्त अपडेटमा समस्या देखिएको कारण अचानक फोनहरु समस्यामा आएको जियोनिका बजार हेर्ने एक कर्मचारीले जानकारी दिए । उनले यो समस्याका कारण करिब ५० प्रतिशत जियोनिका प्रयोगकर्ताहरु समस्यामा परेको दाबी गरे ।

तर जियोनीको ब्राण्ड हेर्ने अधिकारी समिर ढुंगानाले भने करिब ३०० वटा सेटमा मात्र समस्या आएको जानकारी दिए । उनले भने, हामी अझैपनि सर्भिस सेन्टरमा नै छौं र हामीलाई जम्मा २९६ वटा मात्र समस्याको फोन कल आयो ।’

जियोनिका ढुंगानाले एस सिक्स एस, एस सिक्स एस प्रो, पि सेभेन म्याक्स, पि ५ डब्लू मोडलहरुमा समस्या आएको बताए । उनले यी सेटहरुको सफ्टवेयर वाईफाईको माध्यमबाट अपडेट गर्दा मात्र समस्या आएको र यसको लागि सर्भिस सेन्टरबाट निशुल्क सेवा दिईरहेको जानकारी दिए ।

उता एक मोबाइल टेक्निसियनका अनुसार यस्तो समस्या आउँदा फोनलाई रिसेट गरेर पुन चलाउन सकिन्छ । तर रिसेट गर्दा पुरानो डाटालाई भने हटाउनुपर्ने हुन्छ नत्र पुरानै अपडेट देखिन्छ । कतिपयको फोन सेटमा भने प्रयोगकर्ताहरुले सबै डाटा गुमाउनुपर्ने भएको छ ।

उता कम्पनीले पनि यस्तो समस्याबाट बच्न सिस्टम अपेडटलाई बन्द गरेर राख्नुपर्ने फेसबुकमार्फत जानकारी दिईरहेको छ भने अपडेटका लागि सर्भिस सेन्टरमा जान आग्रह गरेको छ ।

यो सफ्टवेयर अटो अपडेट हुनका लागि भने अझै केहि समय कुर्नुपर्ने हुन्छ । चीनमा हाल नयाँ वर्षको बिदा भईरहेको र यसको लागि चीनबाट नै अपेडटमा देखिएको समस्या समाधान गर्नुपर्ने हुन्छ ।

प्रतिस्पर्धाका बिचमा हानाथाप

जियोनिको केहि मोडलका स्मार्टफोनमा अपेडट समस्या आएपछि बिहानैदेखि सर्भिस सेन्टरमा भिड देखियो । उक्त समस्याको जानकारी बजारमा हावा जसरि फैलियो भने यसको बारेमा केहि समाचारहरु पनि फेसबुकमा आए । जियोनिको फोनमा देखिएको समस्याको बारेमा फेसबुकमा विभिन्न शेयर भएपछि त्यसको बारेमा कमेन्टहरु पनि आए भने उक्त समस्यालाई अन्य कम्पनीले ग्राहक आफूतिर तान्ने अवसर पनि बनाए ।

उक्त फेसबुकको समाचारको विषयमा ह्वावेका एक बजार हेर्ने कर्मचारी मनोज लामाले अंग्रेजीमा निकै तिखो कमेन्ट गरे, जो कम्पनीको चीनियाँ अधिकारीले नै यस्तो कमेन्ट गर्न लगाएको अरू कसैलार्इ सुनाउँदै थिए । तर उनले त्यो कमेन्ट बेलुका करिब ५ बजेतिर भने फेसबुकबाट डिलिट गरेका थिए । त्यो कमेन्ट डिलिट गर्नुपर्नेछ भन्दै उनले आफ्नो मोबाइलबाट नै डिलिट गरेका थिए ।

यसले पनि चीनियाँ मोबाइल ब्राण्डहरुबिचको ग्राहकहरुलाई आफूतिर तान्न गरिने हानाथाप स्पष्ट पार्दछ ।

Sajilo Visa

प्रकाशित: १४ माघ २०७३, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार