मोबाइल एक्स्पो शुरु, मोबाइल उद्योग खोल्न उद्योगमन्त्रीको आग्रह

Technology Khabar १४ माघ २०७३, शुक्रबार

मोबाइल एक्स्पो शुरु, मोबाइल उद्योग खोल्न उद्योगमन्त्रीको आग्रह

काठमाडौं ।

ललितपुर, १४ माघ । ललितपुरको लगनखेलस्थित ललितपुर मलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्समा आजदेखि मोबाइल एक्स्पो २०१७ शुरु भएको छ ।

मोबाइल किनौं बुझेर, उपहार छानौं रोजेर भन्ने मुल नाराका साथ शुरु भएको मोबाइल एक्स्पोको उद्योग मन्त्री नविन्द्रराज जोशीले एक कार्यक्रमबा बिच गरे । कार्यक्रममा बोल्दै उद्योग मन्त्री जोशीले मोबाइलको उद्योग खोल्न मोबाइल व्यवसायीहरुलाई आग्रह गर्दै सरकारले सहयोग गर्ने विश्वास दिलाए । त्यसैगरी मोबाइल एक्स्पोले ग्राहकहरुलाई विभिन्न सुविधा दिनुपर्ने भन्दै बारम्बार ग्राहकहरुलाई आकर्षित गर्न यस्ता कार्यक्रम आवश्यक हुने उनले बताए ।

उद्योग मन्त्रीले मलमा आयोजना भईरहेको दाफा संस्कृतिको बारेमा पनि आफ्नो विचार व्यक्त गरे । उनले संस्कृती र कलाको संरक्षण गर्नुपर्ने भन्दै दाफा संस्कृति राष्ट्रिय गौरबको विषय भएको बताए । उनले भने, ‘संस्कृतिको संरक्षण अति महत्वपूर्ण हो ।’

कार्यक्रममा ललितपुर मोबाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले मोबाइल एक्स्पोमा हरेक ग्राहकलाई खुशीका साथ मोबाइल किन्ने वातावरण बनाएको जानकारी दिए । निशुल्क भ्रमण गर्न सकिने एक्स्पोमा हरेक मोबाइलको खरिदमा उपहार राखिएको उनले बताए ।

नेपालको एक मात्र व्यवस्थित र सक्कली सामाग्री मात्र पाईने दाबी गरिएको मोबाइल कम्प्लेक्समा ग्राहकहरुले विभिन्न ब्राण्डका स्मार्टफोन, ग्याजेट, एसेसरिज तथा मोबाइल मर्मतको सेवा प्राप्त गर्न सक्नेछन्।

मोबाइल एक्स्पोमा ग्राहकहरुले न्यूनतम रु.९०० देखि रु.१ लाख ४० हजार सम्मका विभिन्न ब्राण्डका फोनहरु किन्न सक्ने बतार्इएको छ । ग्राहकहरुलाई नयाँ मोबाइल प्रविधिको बारेमा जानकारी दिनका लागि निशुल्क प्रवेश राखिएको तथा नयाँ प्रविधिसँगै अपडेट गराउने गरि विभिन्न ब्राण्डका मोबाइलहरु प्रदर्शनमा राखिएको आयोजकले दाबी गरेको छ ।

माघ २२ गतेसम्म संचालन हुने जोप्पो मोबाइल प्रिजेन्टस् मोबाइल एक्सपो २०१७ मा हरेक ग्राहकहरुलाई ५ देखि ७० प्रतिशतसम्मको छुट उपलब्ध गराईने अायाेजकले जानकारी दिएकाे छ।

Global Bank
easy care

प्रकाशित: १४ माघ २०७३, शुक्रबार

ताजा समाचार