मेगा बैंक र टुरिजम् डेभलपमेन्ट बैंक मर्जरमा जाने

Technology Khabar ७ माघ २०७३, शुक्रबार

मेगा बैंक र टुरिजम् डेभलपमेन्ट बैंक मर्जरमा जाने

काठमाडौं ।

काठमाडौं, ६ माघ । मेगा बैंक नेपाल र टुरिजम् डेभलपमेन्ट बैंक बीच एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा सैद्धान्तिक सहमति भएको छ । मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोज बहादुर शाह र टुरिजम् डेभलपमेन्ट बैंक सञ्चालक समितिका अध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले दुबै बैंकको सञ्चालक समितिका सदस्यहरुको रोहवरमा सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गरे ।

मेगा बैंकका अध्यक्ष भोज बहादुर शाहले सहमति बमोजिम मर्जर पश्चात् बैंकको नाम मेगा बैंक नेपाल लिमिटेड नै कायम रहने बताए ।

अन्तिम शेयर आदान प्रदान अनुपात डिडिए प्रतिवेदनको आधारमा फरक पर्न सक्ने गरी हाललाई मेगा बैंक र टुरिजम् डेभलपमेन्ट बैंकको शेयर आदान प्रदान अनुपात १००ः९५ तय गरिएको छ । साथै मेगा बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले नै मर्जरपछिको संस्थामा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको रुपमा निरन्तरता पाउने छन् ।

मेगा बैंकको हालको चुक्ता पुँजी रु. ४ अर्ब १ करोड, १ एक्स्टेन्सन काउण्टर सहित शाखा संख्या ४० तथा ४७ वटा एटिएमहरु रहेको छ ।

टुरिजम् डेभलपमेन्ट बैंकको हालको चुक्ता पुँजी रु. ९१ करोड ९७ लाख, १ एक्स्टेन्सन काउण्टर सहित शाखा संख्या २३ तथा १२ वटा एटिएमहरु रहेको छ । आगामी साधारण सभाले स्वीकृत गरेको खण्डमा मेगा बैंकको सञ्चालक समितिले आर्थिक वर्ष २०७२/७३ सम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट हालको चुक्ता पुँजीमा १३.९५ प्रतिशत बोनस शेयर जारी गर्ने सिफारिश गरेको मेगा बैंकका सिईओ अनिल केशरी शाहले बताए ।

साथै टुरिजम् डेभलपमेन्ट बैंकले हालको चुक्ता पुँजी रु. ९१ करोड ९७ लाखमा १८.६० प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ । हालै मात्र टुरिजम् डेभलपमेन्ट बैंकले मातृभूमि बिकास बैंक र कालिन्चोक डेभलपमेन्ट बैंकलाई प्राप्ती गरी २४ पुस २४ गतेदेखि संयुक्त कारोबार सञ्चालन गरेको छ ।

टुरिजम् डेभलपमेन्ट बैंकले पर्यटन क्षेत्रमा केन्द्रित भएर सञ्चालन गरेको व्यवसायलाई अझै थप उचाईमा पुर्याउनु मर्जरको एक मुख्य उद्देश्य रहेको उनले बताए ।

Global Bank
easy care

प्रकाशित: ७ माघ २०७३, शुक्रबार

ताजा समाचार