टाटाको ‘विन्टर अन फायर’ याेजना सार्वजनिक

Technology Khabar ६ माघ २०७३, बिहीबार

टाटाको ‘विन्टर अन फायर’ याेजना सार्वजनिक

काठमाडौं ।

काठमाडौं, ६ माघ । टाटा मोटर्स् लिमिटेड र नेपालको लागि टाटा पेसेन्जर भेहिकलको एकमात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले हालै  ‘विन्टर अन फायर’ (Winter On Fire) याेजना सार्वजनिक गरेका छन् । यस स्किमअन्तर्गत अब टाटाको जेस्ट, बोल्ट र स्ट्रोम गाडीहरुको खरिदमा ग्राहकहरुले नगद रु ४ लाख सम्म छुट र ४ वर्ष सम्मको वारेन्टी प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्प्याक्ट सेडान गाडिहरु मध्ये अग्रणी स्थानमा रहेको टाटा जेस्ट आफ्ना आधुनिक बिशेषताहरु जस्तै मल्टि ड्राइभ मोड सिस्टम, भ्वाइस रिअर्गनाइजेसन सिस्टम, इन्फोटेनमेन्ट सिस्टम बाइ हर्मनलगायत थुप्रै फिर्चसहरुका कारण यो सेग्मेन्टमै पहिलो नम्बरमा रहेको छ । बोल्ट नेपालको पहिलो मल्टि ड्राइभ मोड भएको ह्याचब्याक गाडी हो भने स्ट्रोम एसयूभी सेगमेन्टको १५६ पीएस पावर भएको र ४०० एनएम टर्क भएको एकदमै सशक्त गाडी भएको कम्पनीको दाबी छ ।

कम्पनीले यो योजना सीमित अवधिका लागि मात्र लागू गरेको हुँदा टाटाको नजिकैको शोरुममा गएर थप जानकारी  आग्रह गरेको छ ।

easy care

प्रकाशित: ६ माघ २०७३, बिहीबार