कूलप्याडबाट नेपाली बजार हेरिरहेका शेन तथा नेपाली उच्च अधिकारि सचिन उदास जाउलाखेलमा मोबाइल व्यवसायीसँग कुरा गर्दै । तस्विर मोबाइल्सखबर

एक्सक्लूसिभ: कूलप्याड मोबाइलका अधिकारीहरू बजार सर्वेक्षणमा

काठमाडौं, ६ माघ । कूलप्याड मोबाइल नेपाली बजारमा छिट्टै आउने तयारीमा रहेको छ । कूलप्याड मोबाइलका (Coolpad Mobile) अधिकारीहरु नेपाली बजार अध्ययनमा व्यस्त रहेको भेटिएको छ । यो आधारमा हेर्दा कूलप्याडले नेपाल लन्चको तयारी तिब्र रुपमा गरिरहेको आभाष हुन्छ । यसअघि पनि मोबाइल्सखबरले कूलप्याड मोबाइल ब्राण्ड नेपाल आउन लागेको जानकारी सबैभन्दा पहिले दिएको थियो ।

अहिले बजार अध्ययनमा रहेको र छिटै तयारी साथ आउने

नेपाली बजारमा विभिन्न ब्राण्डका मोबाइल फोनहरुको तिब्र प्रतिस्पर्धाका बिचमा कूलप्याड ससक्तरुपमा बजारमा आउन लागेको कम्पनी स्रोतले जानकारी दिएको छ । कम्पनी अहिले बजार अध्ययनमा रहेको र छिटै तयारी साथ आउने कम्पनीमा कार्यरत स्रोतले जानकारी दियो ।

केहि दिनअघि मात्र कूलप्याडका नेपाल बजार हेरिरहेका सिन शेन (Sean Shen) ललितपुर, जाउलाखेलका मोबाइल बजार अध्ययन गर्दै गरेको भेटिएको छ । उनी नेपालस्थित कूलप्याडका अधिकारीसहित बजारको जानकारी लिईरहेका देखिन्थे । मोबाइल्सखबरले उनी बजार सर्वेक्षणमा भईरहेको जानकारी पाएर सोहि समयमा भेटेको थियो भने उनी बजारका मोबाइल पसलहरुमा विभिन्न किसिमका जानकारीहरु लिईरहेका थिए । उनीसँग कूलप्याडका नेपाली कम्पनीका उच्च अधिकारी सचिन उदास पनि बजार अध्ययनमा लागेका थिए ।

नेपालको मोबाइल बजार निकै प्रतिस्पर्धी रहेको

कूलप्याडको नेपालमा सार्वजनिक हुने विषयमा मोबाइल्सखबरले सोध्दा उनले तयारीसाथ छिटै आउने जानकारी दिए । ‘नेपालको मोबाइल बजार निकै प्रतिस्पर्धी रहेको आफूले पाएँ,’ उनले मोबाइल्सखबरसँग भने, ‘प्रतिस्पर्धी बजारमा नै नेपाली उपभोक्ताहरुले कूलप्याड मोबाइल मन पराउने हाम्रो विश्वास छ ।’


कूलप्याडबाट नेपाली बजार हेरिरहेका शेन जाउलाखेलमा मोबाइल व्यवसायीसँग कुरा गर्दै । तस्विर मोबाइल्सखबर

कूलप्याडको तर्फबाट नेपाली बजार हेरिरहेका उनले थप जानकारी दिन नचाहेपनि कम्पनी स्रोतका अनुसार उनी केहि सातादेखि नेपाली बजार अध्ययन गर्न आफैं लागेका छन् ।

कम्पनीले ४ वटा मोडल सार्वजनिक गर्ने तयारी

कूलप्याड मोबाइल ब्राण्ड नेपाली बजारमा त्यति धेरै परिचित ब्राण्ड होईन् । यसको पुष्टि कम्पनीले गरेको सामान्य बजार सर्वेक्षणमा पनि देखिएको छ । नेपाली बजारमा कम्पनीले ४ वटा मोडल सार्वजनिक गर्ने तयारी गरिरहेको छ, जून १० हजार भन्दा माथि मूल्यका हुने कम्पनी स्रोतले बतायो ।

कूलप्याड नेपाल आउने बारेमा नेपाली उच्च प्रतिनिधि उदाससँग सोध्दा उनले छिटै आउन लागेको बताए । ‘हामी छिटै आउँदैछौं र केहि प्रकृयाहरु अझै बाँकी छन्, अरु कुरा अहिले नै भन्न मिल्दैन्,’ उनले भने ।

विश्वको सबैभन्दा पहिलो ड्यूल ब्याण्डको  सिडिएमए/जिएसएम मोबाइल बनाएको

कूलप्याडकाे बारेमा

कूलप्याड निकै पुरानो चीनियाँ मोबाइल कम्पनी हो, जून सन् १९९३ मा स्थापना भएको थियो । यसले मोबाइल भन्दा अघि पेजर उत्पादन गर्ने गर्दथ्यो भने सन् १९९९ मा मोबाइल उत्पादनमा हात हालेको हो । यसले विश्वको सबैभन्दा पहिलो ड्यूल ब्याण्डको  सिडिएमए/जिएसएम मोबाइल बनाएको थियो । यो कम्पनी त्यति चर्चामा नआएपनि चीनको सबैभन्दा ठूला कम्पनीमध्ये एउटा हो, जसले अमेरिका तथा यूरोपका ठूला क्यारियरहरु टी मोबाइल, भोडाफोन, अरेन्ज, एसएफआरलगायतका कम्पनीहरुका लागि मोबाइल आपूर्ति गर्दछ । कूलप्याड सन् २०१४ र २०१५ मा फोरजी फोन उत्पादनको क्षेत्रमा चीनमा प्रमुख ब्राण्ड भएको थियो ।

विभिन्न वेबसाइट, फेसबुक, यूट्यूबलगायतका सामाजिक संजालको आधारमा हेर्दा कूलप्याण्ड अमेरिका, यूरोपसहित भारतमा पनि सक्रिय रहेको छ । यसले भारतीय बजारमा पनि आक्रामकरुपमा बजार बिस्तार गरिरहेको छ भने अम्याजन इण्डियाबाट अनलाइन आफ्ना उत्पादनहरु बिक्री गरिरहेको छ । भारतमा यसले भिडियोकोनसँगको सहकार्यमा कूलप्याड फोनहरु एसेम्बल्ड गर्दछ ।

विकिपेडियाका अनुसार सेन्झेनमा रहेको यूलोंग कम्यूटर टेलिकम्यूनिकेसन साइन्टिफिक कम्पनीको स्मार्टफोन ब्राण्ड थियो, जून चाइना वायरलेस टेक्नोलोजी लिमिटेडको सहायक कम्पनी हो । पछि सन् २०१३ को अन्त्यतिर चाइना वायरलेसलाई नाम परिवर्तन गरेर कूलपण्ड ग्रुप लिमिटेड राखियो ।

३४ मिलियन स्मार्टफोन प्रत्येक वर्ष उत्पादन गरिरहेको

कम्पनीले हाल ३४ मिलियन स्मार्टफोन प्रत्येक वर्ष उत्पादन गरिरहेको छ भने प्रत्येक वर्ष २ विलियन आम्दानी गर्दछ । कूलप्याडले हाल विश्वका ६ स्थानमा अनुसन्धान तथा विकास सुविधा उपयोग गरिरहेकोछ, जहाँ २ हजार भन्दा बढि इन्जिनियरहरु कार्यरत रहेको कम्पनीको भारतका लागि आधिकारिक वेबसाइटमा उल्लेख छ ।

नेपाली बजारमा आउने तयारी गरिरहेको कूलप्याड त्यति चर्चित कम्पनी नभएपनि यसले विभिन्न कम्पनीहरुका लागि पनि सामाग्रीहरु आपूर्ति गर्दछ । कम्पनीले ल्याउने फाेन नेपालको प्रतिस्पर्धि मोबाइल बजारमा ग्राहकहरूका लागि नयाँ छनौट हुने अनुमान गर्न सकिन्छ ।

Cheap Sex Cam Website