Technology Khabar ३ माघ २०७३, सोमबार
काठमाडौं ।
काठमाडौं, ३ माघ । पानासोनिकले निकै महँगो किसिमको ट्याबलेट सार्वजनिक गरेको छ । कम्पनीले हालै विश्व बजारमा टफप्याड एफजेड ए २ नामक (Toughpad FZ-A2) रग्ड ट्याबलेट ल्याएको हो ।
यो एन्ड्रोयडमा आधारित ट्याबलेटको मूल्य पनि निकै महंगो रहेको छ । यसको वाईफाई भएको मोडलको बजार मूल्य २ हजार १ सय ८९ अमेरिकी डलर तोकिएको छ ।
यो विशेष किसिमको ट्याबलेट जुनसुकै अवस्थामा पनि प्रयोग गर्न सुरक्षित रहेको कम्पनीले जनाएको छ । पानासोनिकको नयाँ ट्याब फ्याक्ट्रीहरु, सडक निर्माण, खानी उत्खनन जस्ता कार्यहरुमा पनि प्रयोग गर्न सकिन्छ ।
टफप्याड एफजेड ए २ ट्याबलेटले एमआईएल एसटिडी ८१०जी (MIL-STD 810G) प्रमाण पत्र पाएको छ, जसअनुसार करिब ५ फिट माथिबाट ट्याबलेट झरेपनि यसले काम गर्न सक्दछ । यसका साथै यो ट्याबलेटले आइपी ६५ (IP65) रेटिंग प्राप्त गरेको छ, जसले वाटर एण्ड डस्ट प्रोटेक्ट गर्ने प्रमाण हो ।
पानासोनिकको १०.१ इन्चको डिस्प्ले भएको यो ट्याबलेटलाई हातमा पञ्जा लगाएर पनि प्रयोग गर्न सकिन्छ भने सिधै घाममा रहँदा वा पानी पर्दा पनि यसमा लेख्न वा हस्ताक्षर गर्न सकिन्छ ।
पानासोनिकको यो ट्याबमा १.४४ गीगाहर्जमा चल्ने इन्टेल एटमको प्रोसेसर राखिएको छ भने यसमा ४ जीबीको र्याम तथा ३२ जीबीको आन्तरिक स्टोरेज रहेको छ । पानासोनिक टफप्याड एफजेड ए२ ट्याब एन्ड्रोयड ६.० मार्शमाल्लोमा आधारित रहेको छ भने यसमा फोटोका लागि ८ मेगापिक्सेलको रियर क्यामरा तथा २ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।
यसको ब्याट्रीले ट्याबलेट ९ घण्टासम्म चलाउन सकिने बताईएको छ । यसमा चार्जको लागि यूएसबी-सि पोर्ट राखिएको छ ।
यो ट्याब सामान्य प्रयोगकर्ताको लागि भन्दा पनि व्यवसायीक तथा कम्पनीहरुको लागि उत्पादन गरिएको हो । यो ट्याबलेटका साथमा पानासोनिकले बारकोड रिडर तथा स्मार्टकार्ड रिडर दिनेछ ।
प्रकाशित: ३ माघ २०७३, सोमबार