नागरिक लगानी कोष र सान्जेन जलविद्युत् बीच सेयर निस्काशन सम्झौता

Technology Khabar २ माघ २०७३, आईतवार

नागरिक लगानी कोष र सान्जेन जलविद्युत् बीच सेयर निस्काशन सम्झौता

काठमाडौं ।

काठमाडौं, २ माघ । सान्जेन जलविद्युत् कम्पनी र नागरिक लगानी कोषवीच सेयर निस्काशन सम्झौता भएको छ । आइतबार भएको सम्झौतामा सान्जेनको सेयर निस्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र सान्जेनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षर कार्यक्रममा कोषका कार्यकारी निर्देशक पोखरेलले आर्थिक विकासका लागि जलविद्युत् आवश्यक भएको धारणा राखे । कोषले यस अघि माथिल्लो तामाकोशी, जलविद्युत् लगानी तथा विकास कम्पनी र नेपाल इन्भेष्टमेन्ट बैकको एफपिओ जारी गरी सकेको उनले जानकारी दिए । त्यसैगरी सान्जेनका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भूकम्प, नाकाबन्दीलगायतका कारणले सेयर निस्कासनमा केही ढिलाई भएको बताएका थिए ।

कार्यक्रममा कोषका तर्फबाट मुख्य व्यवस्थापक शुसिल कुमार अर्याल, सेयर शाखा प्रमुख तथा उप व्यवस्थापक रोशनजंग कार्की, कानून अधिकृत सुमन पौडेल तथा दिपेन्द्रसिंह  अधिकारी र सान्जेनको तर्फबाट प्रमुख वित्त अधिकृत सशान्त बास्तोलालगायतका प्रतिनिधि सहभागी रहेका थिए ।

कम्पनीले पहिलो चरणमा समुह ‘ग’ का क्रणदाता कर्मचारीको लागि छुट्टयाइएको १ प्रतिशत तथा संस्थापक सेयरधनी संस्थाका कर्मचारीको लागि ३ दशमलव ५ प्रतिसत र ‘घ’ अन्तरगतका कर्मचारी संचय कोषमा रकम जम्मा गरेका संचयकर्ता कर्मचारीलाई छुट्टयाइएको १९ दशमलव ५ प्रतिशतले हुन आउने प्रति कित्ता सयको दरले ८७ लाख ६० हजार कित्ता सेयर निस्काशन गर्ने सम्झौता भएको कोषका सूचना अधिकृत उद्धव सिलवालले जानकारी दिए ।

Global Bank
easy care

प्रकाशित: २ माघ २०७३, आईतवार