एसियामा विद्युतीय फोहोर उत्पादन ६३ प्रतिशतले बढ्याे

Technology Khabar २ माघ २०७३, आईतवार

एसियामा विद्युतीय फोहोर उत्पादन ६३ प्रतिशतले बढ्याे

काठमाडौं ।

काठमाडाैं, २ माघ । संयुक्त राष्ट्रसङ्घ विश्वविद्यालयले सार्वजनिक गरेकाे एक अध्ययन प्रतिवेदनले करोडौँ मानिसको स्मार्ट फोन तथा अन्य विद्युतीय सामग्रीमा बढ्दाे आकर्षण र एसियाली जनताको आम्दानीमा भएकाे वृद्धिले एसियाली मुलुकहरुमा विद्युतीय फोहोर तीव्रस्तरमा वृद्धि भएको अाैंल्याएकाे छ । उक्त प्रतिवेदनका अनुसार यसबाट वातावरण तथा मानव स्वास्थ्यमा गम्भीर प्रकारका नकारात्मक असर पार्ने देखिएको छ ।

एसियामा पछिल्लो पाँच वर्षमा विद्युतीय फोहोर उत्पादन गत पाँच वर्ष पहिलेको तुलनामा ६३ प्रतिशतले वृद्धि भएको संयुक्त राष्ट्रसङ्घ विश्वविद्यालयले तयार पारेको उक्त प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले यस क्षेत्रका प्राय राष्ट्रमा विद्युतीय फोहोरलाई पुनः प्रयोग र सुरक्षित व्यवस्थापनमा ध्यान दिनुपर्ने निष्कर्ष पनि निकालेको छ ।

पछिल्ला केही वर्षमा चीन र एसियाली केही अन्य देशहरू विकशित राष्ट्रमा उत्पादित विद्युतीय फोहोर थुपार्ने ठाउँ बनेका छन् तर फोहोरलाई पुनः प्रयोग गर्न अपनाइने गरेको तरिका प्रायजसो अत्यन्त सस्तो र असुरक्षित प्रविधियुक्त कम्पनीमा गराउने गरको प्रतिवेदनको ठहर छ ।

प्रतिवेदन तयार पार्ने समूहका एक अनुसन्धानकर्ता तथा राष्ट्रसङ्घ विश्वविद्यालयका दीगो फोहोर व्यवस्थापन सम्बन्धी कार्यक्रम प्रमुख रुइडिगर कुइरका अनुसार प्रायः राष्ट्रमा विद्युतीय फोहोर व्यवस्थापन गर्ने वातावरणमैत्री संरचना छैन र यस क्षेत्रमा उत्पादित बढ्दो फोहोर व्यवस्थापन सबैको चासोको विषय बनेको छ ।

यसैगरि प्रतिवेदनले एसियालाई पछिल्लो समय विद्युतीय फोहोर उत्पादन गर्ने मुख्य स्रोत केन्द्र बनेको बताएको छ । यसो हुनुमा एसियाली जनताको फोन, ट्याबलेट, रेफ्रिजेरेटर, व्यक्तिगत कम्प्यूटर र टेलिभिजनप्रतिको अत्याधिक आकर्षण प्रमुख कारणा रहेको बताइएको छ ।

चीनमा सन् २०१० को तुलानामा सन् २०१५ सम्ममा विद्युतीय फोहोर उत्पादन दोब्बर बढेको अध्ययनमा छ । राष्ट्रङसङ्घले अध्ययनका लागि सन्. २०१० देखि सन् २०१५ को अवधि छुट्याएको थियो ।

सन् २०१५ मा चीनको विशेष प्रशासित क्षेत्र हङकङमा प्रति व्यक्ति २१.५ किलेग्रामका दरले विद्युतीय फोहोरको उत्पादन भएको जनाइएको छ । त्यसैगरी सोही वर्ष सिङ्गापुर र ताइवानमा १९ किलोग्रामका दरले विद्युतीय फोहोर उत्पादन भएको थियो । यस क्षेत्रमा कम्बोडिया, भियतनाम र फिलिपिन्स थोरै विद्युतीय फोहोर उत्पादन गर्ने राष्ट्रमध्येका रुपमा देखिएका छन् । यी मुलुकमा प्रतिव्यक्ति एक किलोग्रामका दरले फोहोर उत्पादन भएको प्रतिवेदनको ठहर छ ।

यसैबीच राष्ट्रसङ्घीय निकायद्वारा गरिएको अध्ययनले अव्यवस्थित तथा गैरकानूनी विद्युतीय फोहोर व्यवस्थापनका कारण वातावरणमा अत्यन्तै विषालु रसायन प्रवाह हुने र यसबाट जैविक स्वास्थ्य र वातावरणमा समेत नकारात्मक परिणाम निम्तिएको बताइएको छ ।

विद्युतीय सामग्रीमा धातुलाई छुट्याउने वा टुक्र्याउन प्रयोग हुने रसायनलाई अध्ययनको खास चासोको विषय भएको भन्दै उक्त रसायन वातावरणमा प्रवाहित हुँदा श्वास लिने क्रममा कुनै पनि प्राणीको शरीरमा प्रवेश गर्ने र जोखिम सिर्जना गर्ने अध्ययनले बताएको छ । एजेन्सीकाे सहयाेगमा

Global Bank
easy care

प्रकाशित: २ माघ २०७३, आईतवार

ताजा समाचार