सामसंगकाे ‘सि नाइन प्रो’ बजारमा अाउँदै, १६ मेगापिक्सेलको सेल्फी क्यामरा

Technology Khabar २७ पुष २०७३, बुधबार

सामसंगकाे ‘सि नाइन प्रो’ बजारमा अाउँदै, १६ मेगापिक्सेलको सेल्फी क्यामरा

काठमाडौं ।

काठमाडौं, २७ पुस । सामसंगले नेपाली बजारमा सि सिरिजका स्मार्टफोनहरु ल्याउने तयारी गरिरहेको छ । कम्पनीले सि सिरिजमा पहिलो पटक ग्यालेक्सी सि नाइन प्रो (Galaxy C9 Pro) स्मार्टफोन बजारमा ल्याउन लागेको हो ।

यो स्मार्टफोनमा अधिकांश फिचरहरु मिड रेन्जको स्मार्टफोन जस्तै राखिएका छन जुन सामसंगका अन्य सि सिरिजका स्मार्टफोनहरु जस्तै हो । यो स्मार्टफोन हाल चीनियाँ बजारमा मात्र उपलब्ध रहेको छ ।

सामसंगले छिटै नेपाल लगायत अन्य एशियाली मुलुकमा ग्यालेक्सी सि नाइन प्रो स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । संभवत कम्पनीले यो स्मार्टफोन यहि साता वा आगामी सातामा सार्वजनिक गर्न सक्नेछ ।

सामसंगले ग्यालेक्सी सि नाइन प्रो स्मार्टफोन नेपालसहित भारत, बंगलादेश, क्याम्बोडिया, म्यानमार, श्रीलंका, थाईल्याण्ड, मलेशिया र भियतनाममा सार्वजनिक गर्नेछ । यसमध्ये सबैभन्दा पहिले यो फोन भारतीय बजारमा र नेपालमा आउने बताईएको छ ।

यो स्मार्टफोन छिटै अन्य बजारहरुमा पनि उपलब्ध हुन सक्ने अनुमान गरिएको छ तर कहिलेसम्म भन्ने निश्चित छैन् ।

ग्यालेक्सी सि नाइन प्रो सामसंगको पहिलो स्मार्टफोन हो जसमा सेल्फीका लागि १६ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ । यस्तो फिचर नयाँ ग्यालेक्सी ए फाइभ २०१७ तथा ग्यालेक्सी ए सेभेन २०१७ मा मात्र रहेको छ ।

सामसंगले यसका साथमा ग्यालेक्सी सि ५ (C5) तथा ग्यालेक्सी सि सेभेनको (C7) पनि प्रो भर्सनमा काम गरिरहेको छ, र यी फोनहरु यहि जनवरीमा नै चीनमा सबैभन्दा पहिले सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

यी दूवै फोनहरु चीनमा सार्वजनिक भएपछि मात्र अन्य बजारमा त्यसपछि उपलब्ध हुनेछन्, संभवत यी स्मार्टफोनहरु पनि नेपाली बजारमा हामीले छिट्टै देख्नसक्नेछौं ।

easy care

प्रकाशित: २७ पुष २०७३, बुधबार