Technology Khabar २६ पुष २०७३, मंगलवार
काठमाडौं ।
काठमाडौं, २६ पुस । तपाईँले एउटा वा दुईवटा स्क्रीन भएको कम्प्यूटर वा ल्यापटपको बारेमा पढ्न् वा देख्नुभएको नै छ । तर अब तीनवटा स्क्रीन भएको कम्प्यूटर बजारमा आएको छ भन्दा आश्चार्य हुन सक्दछ ।
गेमिंग पीसी मेकर कम्पनी रेजरले अमेरिकाको लास भेगासमा आयोजना भईरहेको कन्ज्यूमर एलेक्ट्रोनिक्स शोमा तीनवटा फोर के स्क्रीन भएको ल्यापटप प्रदर्शन गरेको छ ।
प्रोजेक्ट भ्यालरी अन्तर्गत रेजरले यो ल्यापटपको अवधारणा तयार पारेको हो । कम्पनीले प्राजेक्ट वलरी अन्तर्गत यस्तो किसिमको विश्वको पहिलो पोर्टेबल ल्यापटप भएको दाबी गरेको छ ।
यसमा दुईवटा थप स्क्रीन स्लाइड छन जून मूख्य डिस्प्लेभन्दा फरक छ तथा यो अटोमेटिक प्रविधिबाट जोडिएका छन् ।
एक जना विश्लेषकले यो डिजाइनको प्रशंसा गरेका छन् । गेमर्सका लागि यो ल्यापटप निकै उपयोगी छ । यो ल्यापटपमा भएका तीनवटै स्क्रीनको साइज १७.३ इन्चको छ ।
याे ल्यापटपमा एनभीडिया जीफाेर्सकाे ग्राफिक्स कार्ड प्रयाेग गरिएकाे छ, जून उच्च तहकाे ल्यापटपमा मात्र प्रयाेग हुने गरेकाे छ। ल्यापटप फोल्ड गरेर बन्द गरेपछि यसको साइज १.५इन्चको पातलो हुन्छ ।
कम्पनीले यो गेमिंग कम्प्यूटर स्क्रीन बिक्री हुने समय र मूल्यको बारेमा भने जानकारी दिएको छैन् ।
प्रकाशित: २६ पुष २०७३, मंगलवार