यामाहाको शो-रुम दमौलीमा स्थापना

Technology Khabar २५ पुष २०७३, सोमबार

यामाहाको शो-रुम दमौलीमा स्थापना

काठमाडौं ।

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले तनहुँको दमौलीमा नयाँ डिलर सुरु गरेको छ । एमएडब्लुले आफ्नो नयाँ डिलर मोडर्न अटो वर्क्समार्फत ग्राहकलाई सेल्स, सर्भिस र स्पेयर पार्टस्को सुविधा सुरु गरेको हो ।

नयाँ शोरुमको उद्घाटन प्रमुख अतिथि उद्योग वाणीज्य संघ तनहुँका कृष्णराज पण्डित र हाँस्य कलाकार सन्दिप क्षेत्रीले गरे । उद्घाटनअघि बजारमा यामाहा मोटरसाइकलहरुको र्याली आयोजना गरिनुका साथै कलाकार क्षेत्रीले स्ट्यान्ड अप कमेडी प्रस्तुत गरेका थिए ।

नयाँ शोरुममा यामाहाका सबै मोडेलका मोटरसाइकल र स्कुटरहरु उपलब्ध हुने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २५ पुष २०७३, सोमबार