इन्टेक्स क्यू ७ एन् प्रो बैंककबाट सार्वजनिक, बजारमा रू८ हजार भन्दा कममा पाइने

Technology Khabar २४ पुष २०७३, आईतवार

इन्टेक्स क्यू ७ एन् प्रो बैंककबाट सार्वजनिक, बजारमा रू८ हजार भन्दा कममा पाइने
इन्टेक्सको नयाँ स्मार्टफोन क्यू ७ एन् प्रो सार्वजनिक गर्दै इन्टेक्स इन्डिया सार्क प्रमुख जयेश सिन्हा तथा चौधरी ग्रुपका वरिष्ठ महाप्रबन्धक रमेश श्रेष्ठ लगायत
Global IME Bank

काठमाडौं ।

काठमाडौं, २४ पुस । इन्टेक्सले नेपाली बजारमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले बैंककको राजधानी थाइल्याण्डमा यहि जनवरी ५ मा इन्टेक्स क्यू ७ एन् प्रो (Intex Q 7n Pro) सार्वजनिक गरेको हो ।

यो स्मार्टफोन बैंककमा जारी इन्टेक्स डिलर मिटको अवसर पारेर सार्वजनिक गरिएको हो । उक्त कार्यक्रममा नेपाली बजारलाई ध्यानमा राखेर इन्टेक्स क्यू ७ एन् प्रो सार्वजनिक गरिएको हो ।

नेपालका ५५ वटा डिलर सहभागी भएको उक्त कार्यक्रममा नेपालका लागि इन्टेक्सका लागि आधिकारिक बिक्रेता कम्पनी चौधरी ग्रुपका वरिष्ठ महा प्रबन्धक रमेश श्रेष्ठले सार्वजनिक गरेका थिए ।

कार्यक्रममा वरिष्ठ महा प्रबन्धक श्रेष्ठले कम्पनीको दिर्घकालिन योजनाको बारेमा जानकारी दिँदै एकता नै व्यवसाय सफलताको महत्वपूर्ण भाग भएको बताए ।

त्यसैगरी इन्टेक्स इन्डियाका सार्क प्रमुख जयेश सिंन्हाले ग्राहकहरूको चाहनाअनुसार स्मार्टफोन अझ प्रभावकारी ढंगले आउने बताउँदै ग्राहकहरूलाई प्रदान गर्ने सेवालाई उच्च प्राथमिकता राखेको बताए ।

एन्ड्रोयड ललिपपमा अपरेटिंग सिस्टममा आधारित यो स्मार्टफोनमा ५ मेगापिक्सेलको अटो फोकस क्यामरा राखिएको कम्पनीले जनाएको छ । इन्टेक्स क्यू ७ एन् प्रोस्मार्टफोनको खरिदमा ग्राहकहरुले वायरलेस हेडफोन निशुल्क पाउने छन् ।

हाल मूल्य नखुलाएको भएपनि कम्पनी स्रोतका अनुसार यो स्मार्टफोनको मूल्य नेपाली बजारमा ८ हजार रुपैंया भन्दा कम हुनेछ भने संभवत यो साताभित्रै बजारमा उपलब्ध हुनेछ ।

यसैगरी उक्त डिलर्स मिटमा २०७२/०७३ सालमा कम्पनीको वार्षिक बिक्री, सर्वाधिक बिक्रीको आधारमा बिक्रेताहरूलाई सम्मान गरिएको कम्पनीले जनाएको छ ।

Sajilo Visa

प्रकाशित: २४ पुष २०७३, आईतवार

तपाइको प्रतिक्रिया