अर्घाखाँची सिमेन्टको इन्जिनियर, अधिकृत विक्रेता र निर्माणकर्मीसँग भेटघाट कार्यक्रम

Technology Khabar २४ पुष २०७३, आईतवार

अर्घाखाँची सिमेन्टको इन्जिनियर, अधिकृत विक्रेता र निर्माणकर्मीसँग  भेटघाट कार्यक्रम
Classic Tech
Nepal Telecom

काठमाडौं, २४ पुस । अर्घाखाँची ओ.पी.सि. सिमेन्टले बागलुङ्ग, पर्वत, म्याग्दीका इन्जिनियरर्स, अधिकृत विक्रेता तथा निर्माण व्यवसायीेसँग विशेष भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा अर्घाखाँची सिमेन्ट प्रालिका इन्जिनियर विकास भट्टराइले सहभागी सबैलाई अर्घाखाँची सिमेन्टको गुणस्तर र उत्पादन प्रक्रियाको विषयमा जानकारी गराउनु साथै अर्घाखाँची सिमेन्ट नेपालमा उत्पादन हुने ओ.पि.सि. सिमेन्ट मध्येकै उच्च कम्प्रेसिभ स्ट्रेन्थ सिमेन्ट भएको दावी गरेका थिए ।

उक्त विशेष भेटघाट कार्यक्रममा सहभागी सबैजनालाई कम्पनीका सिनियर सेल्स एण्ड मार्केटिङ् मेनेजर रमेश थापाद्वारा आगामी दिनमा अर्घाखाँची सिमेन्टकोे बजारीकरण अझै तीब्र रुपमा अगाड़ी बढाउने प्रतिबद्धता जनाएको कम्पनीले उल्लेख गरेको छ ।

TK Viber

प्रकाशित: २४ पुष २०७३, आईतवार

Loading...