Technology Khabar २४ पुष २०७३, आईतवार
काठमाडौं ।
काठमाडौं । ग्लोबल आइएमई बैंकले दशौैँ बर्ष पूरा गरि एघारौैँ बर्षमा प्रबेश गरेको अवसरमा बिभिन्न कार्यक्रमको अयोजना गरेको छ । दशौँ बार्षिकोत्सवको अवसरमा बैंकले पौष २३ गते राजधानीमा वित्तिय साक्षरता जगाउने उद्धेश्यले प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।
“बचत गरौँ” भन्ने मूल नाराका साथ काठमाण्डौँमा आयोजना गरिएको प्रभातफेरी कार्यक्रममा उपत्यकामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो । प्रभातफेरी कार्यक्रम बैंकको कान्तिपथ शाखादेखि सुरु भएर विभिन्न स्थान हुँदै पुन कान्तिपथ शाखामा नै आएर समापन गरिएको थियो ।
त्यसैगरी बैंकले १० औ वार्षिकोत्सवको अवसरमा स्थापनाकालदेखि बैंकमा कार्यरत आफ्ना कर्मचारीहरुलाई सम्मान गरेको छ । बैंकका अध्यक्ष चन्द्र पसाद ढकालले स्थापनाकालदेखि बैंकमा कार्यरत ३२ जना कर्मचारीहरुलाई सम्मान गरे ।
दशौँ बार्षिकोत्सव कै अवसरमा बैंकले वर्न भिक्टिम्स सर्भाइभर्स, नेपालमा आबद्ध आगलागी तथा अति प्रजवल्नशिल पदार्थबाट जलेर पीडित बनेका बच्चाबच्चीहरुलाई ज्याकेट तथा खाद्यान्न वितरण तथा निःसहाय सेवा सदनमा आश्रय लिइरहेका वृद्धवृद्धाहरुलाई खाना खुवाउनुका साथै कम्बल वितरण गरेको थियो ।
ग्लोबल आइएमई बैंक बैंक अफ द इएर तथा बेष्ट इन्टरनेट बैंकिङ्ग अर्वाडबाट समेत सम्मानित भईसकेको छ । ९१ शाखा, १०३ एटिएम, ६ बटा एक्टेन्सन काउण्टर, ४४ शाखा रहित बैंकिङ्ग सेवा रहेको ग्लोबल आइएमई बैंकले ६ लाख भन्दा बढि ग्राहकलाई सेवा दिदै आइरहेको छ ।
प्रकाशित: २४ पुष २०७३, आईतवार