स्काईवर्थकाे डिरेक्ट ड्राइभ टेक्नोलोजी भएकाे वासिङ मेसिन

Technology Khabar २४ पुष २०७३, आईतवार

स्काईवर्थकाे डिरेक्ट ड्राइभ टेक्नोलोजी भएकाे वासिङ मेसिन

काठमाडौं ।

काठमाडाैं, २४ पुष । नेपालका लागि स्काईवर्थ इलेक्ट्रोनिक्सको आधिकारिक विक्रेता स्मार्ट एप्लाएनसेजले नयाँ ‘डिरेक्ट ड्राइभ टेक्नोलोजी’ भएको स्काईवर्थ वाशिङ्ग मेशिन बजारमा ल्याएको छ ।

डीडी मोटरमा १० वर्षको वारेण्टीका साथ उपलब्ध उक्त वाशिङ्ग मेशिनको मूल्य ८१,००० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । साथै, प्रारम्भिक अफरका रुपमा रू.३,०००/- बराबरको राइस कुकर पनि ग्राहकहरुले निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

सो अफर माघ मसान्त सम्म मात्र लागू हुने कम्पनीले जनाएको छ । उक्त प्रोडक्ट बजारमा गोल्डेन, सिल्भर र व्हाइट गरी तीन रंगहरुमा उपलब्ध छ ।

स्काईवर्थको उक्त वाशिङ्ग मेशिनमा इनर्जी सेभिङ्ग, वाटर सेभिङ्ग, फ्याब्रिक प्रोटेक्शन, तातो वा चिसो वाश, इको–फ्रेण्ड्ली तथा न्यूनतम ध्वनि, सेल्फ–क्लिनिङ्ग टब तथा चाइल्ड लक फिचर पनि उपलब्ध छ । वाशिङ्ग मेशिनको क्षमता ९ के.जी. रहेको कम्पनीले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: २४ पुष २०७३, आईतवार

ताजा समाचार