सोसलमिडिया ‘शुभदिन’ शुरु

Technology Khabar १७ पुष २०७३, आईतवार

सोसलमिडिया ‘शुभदिन’ शुरु
NTC_Advt

काठमाडौं ।

काठमाडाैं, १७ पुस । शुभदिन मिडिया एन्ड रिसर्च सेन्टर प्रालि द्धारा प्रकाशित शुभदिन डटकम शुरु भएको छ । नेपालको आफ्नै सामाजिक सन्जाल दाबी गरिएको शुभदिन डटकममा अभिव्यक्ति स्वतन्त्रताको नयाँ आयामका रुपमा निर्वाध सूचना प्रवाहका माध्यमबाट समाजका सबै खाले सरोकारमा हरेक नेपालीको पहुँच सुनिश्चित गर्ने मूल उद्देश्य राखेको छ ।

शुभदिन डटकममा सूचना सम्प्रेषणबाहेक सार्थक सामाजिक सम्बन्ध एवम् अन्तरसंवादलाई प्रोत्साहित गर्न विभिन्न विशेषताका फिचरहरु राखिएका छन् । अटोग्राफ, कज, प्रेइज एण्ड कम्प्लेन, इन्फोटिस, पोल्स र क्लव नामका फिचरहरु शुभदिन डटकममा उपलब्ध रहेको जनाएको छ ।

उक्त संरचना नेपालवासी र नेपालीभाषी समुदायको खाँचो र रुचिका आधारमा तयार गरिएको कम्पनीको दाबी छ ।

शुभदिन मिडिया एण्ड रिसर्च सेन्टरका प्रेसिडेन्ट एण्ड सिइओ सनतकुमार न्यौपानेले अभिव्यक्ति क्रान्तिलाई आधार बनाएर सीमित स्रोतबाट सुरु भएको शुभदिन डटकमको चर्चा समयक्रममा सिलिक्यान भ्यालीसम्म पुग्नेगरी अगाडि बढ्ने बताए ।

साथै निर्देशक उज्वल घिमिरेले शुभदिन डटकम छोटो समयमै हरेक नेपालीको ‘वेस्ट फ्रेण्ड’ बन्ने विश्वास व्यक्त गरे ।

प्रकाशित: १७ पुष २०७३, आईतवार