जुत्ताचप्पल प्रदर्शनीमा एक करोड रूपैंयाँको कारोबार

Technology Khabar १२ पुष २०७३, मंगलवार

जुत्ताचप्पल प्रदर्शनीमा एक करोड रूपैंयाँको कारोबार
Classic Tech
Nepal Telecom

काठमाडौँ, १२ पुस । फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालले आयोजना गरेको १३औँ राष्ट्रिय औद्योगिक प्रदर्शनीमा करिब रु एक करोडको कारोबार भएको छ ।

स्थानीय भृकुटीमण्डपमा ‘आत्मनिर्भरताको आधार,स्वदेशी वस्तुको प्रयोग’ भन्ने नाराका साथ यही पुस ५ देखि सेमबारसम्म जारी जुत्ताचप्पल तथा छालाजन्य वस्तुको प्रदर्शनी करिब ९० हजार दर्शकले अवलोकन गरेका छन् । प्रदर्शनीमा ३५ उद्योगका स्वदेशी जुत्ता तथा छालाजन्य वस्तु उत्पादक कम्पनी तथा व्यावसायिक १२० बिक्री कक्ष राखिएको थियो ।

प्रदर्शनी समापनका अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेशलाल श्रेष्ठले मुलुकको आर्थिक समृद्धिका लागि सरकारले स्वदेशी उत्पादन वृद्धि गर्नुपर्ने र निजी क्षेत्रलाई आवश्यक सुविधा उपलब्ध गराउनुपर्ने बताए ।

आयोजक संस्थाका अध्यक्ष रवीनकुमार श्रेष्ठले छालाजन्य उत्पादनको कच्चा पदार्थ आयातमा भन्सार सहुलियतको माग गरे ।

छालाजन्य वस्तु उत्पादनका लागि आवश्यक कच्चा पदार्थका साथै सुटिङका लागि नाम चलेका स्वदेशी सिलाइ (टेलरिङ) कम्पनीले पनि सहभागिता जनाएका थिए । मुलुकभित्र करिब पाँच करोड जुत्ता तथा चप्पलको माग भए पनि त्यसको ६० प्रतिशत मात्र उत्पादन हुने गरेको बताइएको छ । नेपालमा जुत्ता तथा छालाजन्य वस्तु उत्पादनका उद्योगमा करिब रु १५ अर्बको लगानी छ ।

TK Viber

प्रकाशित: १२ पुष २०७३, मंगलवार

Comments are closed.

Loading...