कलर्स प्राइड पि–५० टच बजारमा, नेपालको पहिलो फिंगरप्रिन्ट सेन्सरयुक्त स्मार्टफोन

Technology Khabar १२ पुष २०७३, मंगलवार

कलर्स प्राइड पि–५० टच बजारमा, नेपालको पहिलो फिंगरप्रिन्ट सेन्सरयुक्त स्मार्टफोन

काठमाडौं ।

काठमाडौं, १२ पुस । कलर्सले नयाँ स्मार्टफोन बजारमा सार्वजनिक गरेको छ । कम्पनीले फिंगरप्रिन्ट सेन्सरसहितको पहिलो स्मार्टफोन कलर्स प्राइड पि–५० टच (Colors Pride P-50 Touch) बजारमा ल्याएको हो ।

नेपाली मोबाइल ब्राण्डको रुपमा परिचित कलर्सको कलर्स प्राइड पि–५० टच स्मार्टफोनमा केवल स्पर्श र स्वाइप गरेकै भरमा ४ वटा भिन्न एप्लिकेसनहरु सुचारु गर्न सकिन्छ । स्लीक डिजाइनयुक्त प्राइड पि–५० टचमा कुनै पनि एप्लिकेसनहरु संचालनमा रोक लगाउन ५ फरक फिंगरप्रिन्ट सूचीकृत गर्न सकिने विशेषता रहेको छ ।

प्राइड पि–५० टच, १.३ गेगाहर्ज क्वाड कोर प्रोसेसर राखिएको छ जसमा १ जीबीको र्याम तथा ८ जीबीको आन्तरिक स्टोरेज रहेको छ जसलाई ३२ जीबीसम्म बढाउन सकिन्छ ।

५ इन्चको आइपिएस स्क्रिन भएको स्मार्टफोनमा २२०० एमएएच ब्याट्री पावर राखिएको छ ।

फोटोका लागि यसमा एलइडि फ्ल्यास सहितको ८ मेगापिक्सलको मुख्य क्यामरा र अगाडी भागमा छिटो सेल्फिका लागि ५ मेगापिक्सलको फ्रन्ट क्यामरा जडित छ ।

यसमा भएको सबैभन्दा उल्लेखनीय विशेषता भनेको यसको औठाछाप सेन्सर (फिंगरप्रिन्ट सेन्सर) बटन नै हो, जुन सुविधादायक संचालनका लागि फोनको पछाडी भागमा राखिएको छ । यस्तै यसको छिटो चल्ने, एप्लिकेसन लकर, फोटो खिच्ने जस्ता प्रणालीहरु अत्यन्त प्रभावकारी रहेको कम्पनीको भनाई छ ।

टेलिटक प्रा.लि.का कार्यकारी निर्देशक सञ्जय अग्रवालले भने, “हामी फेरि एक अर्को स्मार्ट औंठाछाप सेन्सरयुक्त फोन, जुन नेपाली मोबाइलमै यसप्रकारको पहिलो मोबाइल हो, त्यसलाई प्रस्तुत गर्न सफल भएका छौं । यसको प्रस्तुतिबाट हामी हाम्रा ग्राहकहरुलाई औंठाछाप फोन सुचारु गर्न र संचालनमा रोक लगाउने कार्यको लागि मात्र होइन भन्ने बुझाउन चाहन्छौं ।”

“आउनै लागेको क्रिसमस र नयाँ वर्ष २०१७ को उत्साहमा थप रौनक भर्न हामीले फेरि एक अर्को अनौठो स्मार्टफोन प्राइड पि–५० टचलाई बजार प्रवेश गराएका छौं ।” कलर्स मोबाइलका बजार प्रबन्धक राज जँग थापाले भने ।

नेपाली बजारमा सुरक्षित औठाछाप सेन्सरयुक्त कलर्स प्राइड पि–५० टच स्मार्टफोनको मुल्य मात्र रु.९,४९५/- तोकिएको कम्पनीले जनाएको छ ।

नेपालमा कलर्स मोबाइलको बजारीकरण सन् २००९ देखि टेलिटक प्रा.लि.ले गर्दै आएको छ ।  नेपालमा हाल झण्डै २७ लाख ग्राहकहरुले कलर्स मोबाइल चलाउने गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

Sajilo Visa

प्रकाशित: १२ पुष २०७३, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार