मर्कन्टायल प्लाजामा मोबाइल मेला, सबै ब्राण्डका मोबाइल सस्तोमा बिक्री

Technology Khabar ११ पुष २०७३, सोमबार

मर्कन्टायल प्लाजामा मोबाइल मेला, सबै ब्राण्डका मोबाइल सस्तोमा बिक्री

काठमाडौं ।

काठमाडौं, ११ पुस । दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा क्रिशमस र नयाँ बर्षको अवसर पार्दै मोबाइल मेला आयोजना भएको छ । सिटिभी मोबाइल, द वल्र्डभिजन मोबाइल, लिंक इलेक्ट्रोनिक्स मोबाइल, सिटिभी केयर र एप्पल वल्र्ड मोबाइलले संयुक्त रुपमा मोबाइल मेला आयोजना गरेका हुन् ।

मोबाइल मेलामा मेला अवधिभर सबै ब्राण्डका मोबाइल सस्तोमा बिक्री बितरण तथा १ घण्टामा मोबाइल मर्मत गरिने मोबाइल मेलाका संयोजक तथा एप्पल वल्र्ड मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए ।

मेलामा एप्पल वल्र्ड मोबाइल र सिटिभी केयरले संयुक्तरुपमा १ घण्टे मोबाइल केयर सेवा पनि संचालनमा ल्याएका छन् । यसैगरि मेला अवधिभरमा जस्तोसुकै मोबाइल पनि एक्सचेन्ज गरि अर्को मोबाइल लिन सकिने ब्यबस्था गरिएको छ ।

१ हजार २ सय देखि १ लाख ३० हजारसम्मका नेपालमा उपलब्ध ब्राण्डका मोबाइल सेट पाइने यो मेलामा एशोसरिजमा ५० प्रतिशत सम्म छुट दिइने बताईएको छ । क्रिशमसको दिनबाट सुरु भएको यो मेला १५ दिनसम्म रहने आयोजकले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: ११ पुष २०७३, सोमबार