Technology Khabar ११ पुष २०७३, सोमबार
काठमाडौं ।
काठमाडौं, ११ पुस । शिओमीले आफ्नो एमआई नोटबुक एयरको नयाँ संस्करण सार्वजनिक गरेको छ । कम्पनीले एमआई नोटबुक एयर फोरजी (Mi Notebook Air 4G) सार्वजनिक गरेको हो ।
शिओमीले ल्याएको यो नोटबुक चाइना मोबाइलसँगको सहकार्यमा सार्वजनिक गरिएको हो भने यो नोटबुकका साथमा फोरजी डाटा प्रतिमहिना एक वर्षका लागि उपलब्ध हुनेछ ।
यो नोटबुकमा एलटिई (LTE) मोडेम राखिएको छ जसले कुनैपनि सिम कार्ड सपोर्ट गर्दछ ।
शिओमी नोटबुक एस फोरजी १२.५ इन्च तथा १३ इन्चको डिस्प्लेसहित उपलब्ध हुनेछ । जसको डिजाइन यसअघिको डिजाइन जस्तै रहेको छ । दुबै नोटबुकमा फूलएचडी रिजोल्यूशन छ भने यसको फ्रेम ५.५ मिलिमीटर पातलो रहेको छ ।
नयाँ नोटबुकको १३ इन्चको संस्करणमा ३.० गीगाहर्जको इन्टेल कोर आइसेभेन (Intel Corei7) प्रोसेसर छ भने ८ जीबी डिडिआर फोर र्याम तथा २५६ जीबीको एसएसडी आन्तरिक स्टोरेज राखिएको छ । यसमा जीफोर्स ९४०एमएक्स ग्राफिक्स कार्ड पनि रहेको छ । यो ल्यापटप एक पटकको चार्जमा ९.५ घण्टासम्म प्रयोग गर्न सकिन्छ भने यसमा एकेजी स्पीकर राखिएको छ ।
यसको १२.५ इन्चको संस्करणमा इन्टेल कोर एमथ्री-६वाई३० (Intel Core M3-6Y30) प्रोसेसर छ भने इन्टेलको आफ्नै ग्राफिक्स रहेको छ । यो नोटबुकमा ४ जीबीको र्याम ताथ १२८ जीबीको एसएसडी स्टोरेज राखिएको छ ।
हाल चीनियाँ बजारमा मात्र उपलब्ध यो नोटबुकको १२.५ इन्च संस्करणको मूल्य ४६९९ यूआन अर्थात करिब ६७६ अमेरिकी डलर तथा १३.३ इन्च संस्करणको मूल्य ६९९९ यूआन अर्थात करिब १०१० अमेरिकी डलर तोकिएको छ ।
दुबै नोटबुकहरु गोल्ड तथा सिल्भर कलरमा उपलब्ध हुनेछ भने यो अन्य बजारमा उपलब्ध हुनेछैन् ।
प्रकाशित: ११ पुष २०७३, सोमबार