ट्रूकलरमा ‘कल मी ब्याक’ फिचर

Technology Khabar ११ पुष २०७३, सोमबार

ट्रूकलरमा ‘कल मी ब्याक’ फिचर
NTC_Advt

काठमाडौं, ११ पुस । ट्रूकलरले (Truecaller) एन्ड्रोयड फोन प्रयोगकर्ताहरुका लागि गूगल प्लेमा नयाँ अपडेट जारी गरेको छ । । ट्रूकलरको अपडेटेड एप७.८२ भर्सनमा ‘कल मी’ फिचर थप गरिएको छ ।

कल मी फिचरले कुनैपनि अवस्थामा तपाईँको फोन व्यस्त भएको सुनिश्चित गर्दछ भने फोन नन रिचेबल अर्थात सम्पर्क हुन नसकेको वा कुनै कारणले कल ब्लक भएको भए जानकारी दिनेछ ।

ट्रूकलरको अपडेटेड भर्सनको एपमा प्रयोगकर्ताले मिस्ड कलहरुको पुस नोटिफिकेसन पनि प्राप्त गर्नेछ जसले अत्यावश्यक कलहरुको बारेमा स्मरण गराउँछ ।

ट्रूकलरले नयाँ अपडेटले प्रयोकगर्ताहरुको लागि संचारलाई अझ बढि सुरक्षित र अधिक ससक्त बनाउन प्रतिबद्ध भएको बताएको छ ।

प्रकाशित: ११ पुष २०७३, सोमबार