चन्द्रागिरि केबलकारको चीनियाँ अधिकारीहरुद्धारा भ्रमण

Technology Khabar १० पुष २०७३, आईतवार

चन्द्रागिरि केबलकारको चीनियाँ अधिकारीहरुद्धारा भ्रमण
Classic Tech
Nepal Telecom

काठमाडौं, १० पुस । चिनियाँ कम्यूनिष्ट पार्टी ‘चेन्दु’ का सचिव टाङ्ग लियाङ्ग चीले चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण गरेका छन् । चीको नेतृत्वमा आएको चिनियाँ टोलीलाई चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकाल र महाप्रवन्धक अभिषेक विक्रम शाहले चन्द्रागिरि केबलकारको बारेमा जानकारी दिएका थिए ।

उक्त टोलीमा चीनको स्वशासित क्षेत्र तिब्बत पिपुल्स कंग्रेस (संसद्) का अध्यक्ष बाई माचिलिन र सिनो हाइड्रोका वरिष्ठ इन्जिनियर फाग जुन लगायत दूई दर्जन चिनियाँ अधिकारीहरुको सहभागिता रहेको थियो ।

अनौपचारिक भ्रमणमा आएको चिनियाँ टोलीलाई अध्यक्ष ढकालले चन्द्रागिरिमा निर्माण भएको पुर्वाधारहरुको वारेमा जानकारी दिँदै पछिल्लो समयमा चीनले हासिल गरेको आर्थिक समृद्वि र त्यसबाट सिर्जित अवसरहरुको सदुपयोग नेपालको नीजि क्षेत्रले गर्न सक्ने बताए । चिनियाँ कम्युनिष्ट पार्टी ‘चेन्दु’ का सचिव चीले चन्द्रागिरिमा निर्माण भएको एकीकृत पर्यटकीय गन्तब्यबाट आफु अत्यन्तै प्रभावित भएको र यस्तै अन्य परियोजनाहरुको निर्माण हुने हो भने नेपालको आर्थिक विकासले छोटै समयमा तीब्रता पाउने विश्वास व्यक्त गरे ।

यसअघि चेन्दुका मेयरसमेत रहेका टाङ्ग लियाङ्ग ची काठमाडौं महानगरपालिका र चीनको सिचुवान प्रान्तको सदरमुकाम चेन्दुबीच भगिनी सहरको सम्बन्ध स्थापनाका लागि सम्झौता पत्रमा हस्ताक्षर गर्न गत शुक्रबार नेपाल भ्रमणमा आएका थिए ।

चन्द्रागिरि केबलकार गत साउनदेखि व्यवसायीक संचालनमा आएको हो । केबलकार संचालनमा आएदेखि २०७३ मंसिर मसान्तसम्म २ लाख २५ हजार जनाले केबरकारको यात्रा गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

TK Viber

प्रकाशित: १० पुष २०७३, आईतवार

Comments are closed.

Loading...