न्यूरोड मोबाइल महोत्सव हुँदै, फोन किन्दा एनसेलकाे सिम तथा डाटा पाइने

Technology Khabar १० पुष २०७३, आईतवार

न्यूरोड मोबाइल महोत्सव हुँदै, फोन किन्दा एनसेलकाे सिम तथा डाटा पाइने
Classic Tech

काठमाडौं, १० पुस । मोबाइल हबको रुपमा चिनिने पाको, न्यूरोड क्षेत्रमा अंग्रेजी नयाँ वर्षको अवसर पारेर न्यूरोड मोबाइल महोत्सव २०७३ आयोजना हुन लागेको छ । नेपालका सम्पूर्ण मोबाइल व्यवसायीहरु समेटिएको नेपाल मोबाइल व्यवसायी संघले यहि पुष १३ गतेदेखि पुष १९ गतेसम्म मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको प्रायोजनमा न्यूरोड मोबाइल महोत्सव २०७३ आयोजना गर्न लागेको हो ।

नेपालको सबैभन्दा ठूलो र पुरानो मोबाइल केन्द्र–पाको, न्यूरोड, ताम्राकार कम्प्लेस, पिपुल्स प्लाजा–लगायतका क्षेत्रहरुमा नेपालकै सबैभन्दा ठूलो मोबाइल महोत्सव आयोजना गर्न लागेको आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । नेपालीहरुले पनि गुणस्तरीय मोबाइल सेटहरु खरिद गरुन र नठगिउन भन्ने उदेश्यका साथ “जहाँ मोबाइल बजार त्यहिँ मोबाइल महोत्सव” भन्ने मूल नाराका साथ मोबाइल महोत्सव गर्न लागिएको हो ।

महोत्सवका संयोजक पुरुषोत्तम बस्नेतले महोत्सवमा सबै मोबाइल ब्राण्डको सहभागीता रहेको र अंग्रेजी नयाँ वर्षको अवसरमा मोबाइल खरिदकर्ताहरुलाई अधिकतम छुट दिइने बताए । उनले भने, “अंग्रेजी नयाँ वर्ष शुरुहुँदै गर्दा आफ्ना नजिकका साथीभाई तथा परिवारलाई मोबाइल उपहार दिने यो सबैभन्दा उपयुक्त अवसर हुनेछ ।”

मोबाइल महोत्सवका सह संयोजक आविश्कारलाल श्रेष्ठले न्यूरोड मोबाइल महोत्सवमा आउने हरेक ग्राहकलाई हातखाली नजाने उपहार राखिएको भन्दै न्यूरोड क्षेत्रमा गुणस्तरीय उत्पादनमात्र बिक्री गरिएको बताए ।

महोत्सवअवधिभर स्मार्टफोन खरिदकर्तालाई एनसेलको सिम तथा १०० एमबीको डाटा अफरमा दिईने आयोजकले जानकारी दिएको छ । त्यसैगरी ग्राहकहरुले मोबाइल खरिदमा विभिन्न ब्राण्डका स्मार्टफोनहरु दैनिकरुपमा लक्की ड्रमार्फत प्राप्त गर्ने र विभिन्न उपहारहरु पनि दैनिकरुपमा बितरण गरिने जानकारी दिईयो । महोत्सवको अवसर पारेर अन्तर्राष्ट्रिय मोबाइल ब्राण्ड जोप्पो र लिएगो मोबाइल ब्राण्डहरुले औपचारिकरुपमा बिक्री शुरु बताईएको छ ।

महोत्सवको अवधिभर फुड जोन, किड्स जोन, गेमिंग जोन ग्राहकहरुका लागि राखिने तथा हरेक मोबाइलको खरिदमा विशेष छुट दिईने आयोजकले जानकारी दियो ।

प्रकाशित: १० पुष २०७३, आईतवार

Comments are closed.

Loading...