ओलीज स्टोरले आइफोन सेभेनको मुल्य घटायो, अन्य सामाग्रीमा पनि क्रिशमस अफर

Technology Khabar ८ पुष २०७३, शुक्रबार

ओलीज स्टोरले आइफोन सेभेनको मुल्य घटायो, अन्य सामाग्रीमा पनि क्रिशमस अफर

काठमाडौं ।

काठमाडौं, ८ पुस । ओलीज स्टोरले आइफोन सेभेनको मूल्य ३ हजार रुपैंया घटाएको छ । स्टोरले क्रिशमस तथा अंग्रेजी नयाँ वर्ष २०१७ को अवसर पारेर आइफोन सेभेनको विभिन्न संस्करणको मूल्यमा कटौती गरेको हो ।

ओलीज स्टोरले आइफोन आधिकारिकरुपमा बिक्री गर्दछ, जहाँ क्रिशमस तथा अंग्रेजी नयाँ वर्ष २०१७ को अवसर पारेर कम्पनीले विभिन्न उत्पादनहरुमा ५० प्रतिशतसम्म छुट दिएको छ ।

स्टोरमा आइफोन सेभेनको ३२ जीबी, १२८ जीबी र २५६ जीबीको स्टोरेजमा मूल्य घटाएको हो ।

ओलीज स्टोरले आइफोन सेभेन ३२ जीबीको मूल्यमा रु ३ हजार कटौती गरेर रु.८८ हजार कायम गरेको छ । त्यसैगरी आइफोन सेभेन १२८ जीबी संस्करणको मूल्यमा पनि रु. ३ हजार कटौती गरेर रु १ लाख २ हजार ५ सयमा बिक्री गरिरहेको छ भने आइफोन सेभेन २५६ को मूल्यमा पनि ३ हजार रुपैंया घटाउँदै १ लाख १६ हजार ५ सय रुपैंयामा बिक्री गरिरहेको छ ।

यसका साथै कम्पनीले आइफोन सिक्सको मूल्यमा पनि कटौती गरेको छ । स्टोरले आइफोन सेभेन ६४ जीबीको मूल्यमा ५ हजार रुपैंयाको कटौती गरेर ७५ हजार रुपैंया तोकेको छ भने आइफोन सिक्स एस ३२ जीबीको मूल्यमा पनि ३ हजार रुपैंया कटौती गर्दै ७८ हजार रुपैंया कायम गरेको छ ।

ओलीज स्टोरले क्रिशमस तथा अंग्रेजी नयाँ वर्ष २०१७ को अवसरमा ‘एप्पल एयरपोड विद लाइटनिंग कनेक्टर’को मूल्य पनि घटाएको छ । यसैगरी कम्पनीले विभिन्न ब्राण्डका ब्लूटूथ स्पीकरहरुको मूल्य घटाएको छ भने अन्य सामाग्रीहरुमा पनि छुट दिएको छ ।

Global Bank
easy care

प्रकाशित: ८ पुष २०७३, शुक्रबार

ताजा समाचार