‘सुपर मारियो रन’ गेमको एप स्टोरमा रेकर्ड, ४ दिनमा ४ कराेड डाउनलोड

Technology Khabar ७ पुष २०७३, बिहीबार

‘सुपर मारियो रन’ गेमको एप स्टोरमा रेकर्ड, ४ दिनमा ४ कराेड डाउनलोड

काठमाडौं ।

काठमाडौं, ७ पुस । कुनै समय कम्प्यूटर गेममा चर्चित सुपर मारियो फेरी चर्चामा आएको छ । तर अहिले भने यो गेम मोबाइलमा पनि खेल्न सकिने गरि चर्चामा आएको हो ।

सुपर मारियो गेम एपले एप्पल स्टोरमा रेकर्ड कायम गरेको छ । निनटेण्डोले बनाएको पहिलो रियल गेमिंग एप हालै आईओएसमा सार्वजनिक गरिएको थियो ।

एप्पल र निनटेण्डोले एप स्टोरमा ४० मिलियन (४ कराेड) भन्दा बढि डाउनलोड ४ दिनमा भएर रेकर्ड कायम गरेको घोषणा गरेका छन् । यो गेम एप स्टोरमा निशुल्क गेम तथा टप ग्रसिंग गेममा पहिलो स्थानमा रहेको छ ।

यसअघि कम्प्यूटरमा मात्र खेल्न मिल्ने गेम हालै मोबाइलमा पनि सार्वजनिक गरिएको हो । यो गेम पहिलो केहि लेभलसम्म निशुल्क खेल्न सकिने भएपनि त्यसपछि भने ९.९९ अमेरिकी डलरमा खरिद गर्नुपर्दछ । त्यसपछि सबै लेभलहरु अनलक गर्न सकिन्छ । यो गेम २४ लेभलमा छ वटा थिमहरुमा राखिएको छ ।

प्लेयरले यो गेमको मारियोको उफ्राईलाई नियन्त्रण गर्न सक्दछ भने एक हातले मात्रै पनि गेम खेल्ने सुविधा रहेको छ ।

तपाई पनि सुपर मारियो रन अाफ्नाे अाइफाेन वा अाइपडमा खेल्न मनपराउनुहुन्छ भने यहाँबाट डाउनलोड गर्न सकिन्छ ।

माध्यम

easy care

प्रकाशित: ७ पुष २०७३, बिहीबार