सामसंग ग्यालेक्सी एस सेभेन एज साढे ७५ हजारमा किन्न पाइने, स्मार्टडोकोमा उपलब्ध

Technology Khabar ७ पुष २०७३, बिहीबार

सामसंग ग्यालेक्सी एस सेभेन एज साढे ७५ हजारमा किन्न पाइने, स्मार्टडोकोमा उपलब्ध

काठमाडौं ।

काठमाडौं, ७ पुस । सामसंगको फ्ल्यागशिप फोन ग्यालेक्सी एस सेभेन एजमा करिब ९ हजार रुपैंया कम मूल्यमा नै किन्न सकिने भएको छ ।

सामसंगले औपचारिकरुपमा घोषणा गरेर मूल्य नघटाएपनि हाल अनलाइन सपिंगमार्फत नेपाली बजारमा ग्यालेक्सी एस सेभेन एज हाल ७५ हजार ५ सय रुपैंयामा बिक्री भइरहेको छ । कम्पनीको यो फोन अनलाइन सपिंग साइट स्मार्टडोको डटकममा हाल उक्त मूल्यमा उपलब्ध रहेको छ ।

उक्त इकमर्श साइटमा यसको मूल्य एक्सक्लूसिभ अफरमा राखिएको उल्लेख छ । उक्त फोनको मूल्य यसअघि ८४ हजार ४ सय ५० रुपैंया रहेको थियो । अन्य अनलाइन साइटहरुमा सामसंग ग्यालेक्सी एस सेभेन एजको मूल्य करिब ८० हजार रुपैंयाको हाराहारीमा रहेको देखिन्छ ।

स्मार्टडोको डटकम सामसंग मोबाइलको आधिकारिक बितरकमध्येको एक आईएमएसद्धारा प्रर्बद्धित कम्पनी भएको यसको बारेमा जानकार एक व्यक्तिले बताए । जून हाल प्रारम्भिक परिक्षणको चरणमा रहेको तथा लाइभ भईसकेको छ । तर स्मार्टडोकोको लगानीकर्ताको रुपमा परिचय दिएका सुविनमान प्रधानले टेलिफोनमा कुराकानी गर्दै यो इकमर्श साइट आफ्नै मात्र लगानीमा आएको र यसमा अन्य इकमर्श साइट भन्दा आक्रामक मूल्यमा उत्पादनहरु राखिएको जानकारी दिए । “हामीले सिधै डिस्ट्रीव्यूटरसँग सामान किन्ने गरेका छौं,” उनले भने, “अहिले मार्जिनमा बेच्ने भन्दा पनि कस्टमरहरुलाई सुविधामा ध्यान दिईरहेका छौं ।”

यो इकमर्श साइटले हाल सामानहरु डेलिभरि दिन शुरु गरिसकेपनि औपचारिकरुपमा भने सन् २०१७ को जनवरीदेखि मात्र शुरु हुने कम्पनीका एक कर्मचारीले जानकारी दिईन् ।

नेपालमा सामसंग ग्यालेक्सी एस सेभेन एजको मूल्य घटिरहेको समयमा नै अन्तर्राष्ट्रिय बजारमा पनि यसको मूल्यमा विशेष छुट दिईएको छ ।

सामसंगले अमेरिकी बजारमा एस सेभेन सिरिजको फोनमा १७९ अमेरिकी डलरसम्मको छुट दिएको छ । कम्पनीले छुट्टिको समय आउँदै गरेको अवसर पारेर अमेरिकी बजारमा सिमित अवधिको लागि डिस्काउन्ट अफर सार्वजनिक गरेको हो ।

अमेरिकी बजारमा ग्यालेक्सी एस सेभेनको मूल्य ४९९.९ अमेरिकी डलर तथा एस सेभेन एजको मूल्य ५९९.९ अमेरिकी डलर रहेको छ । यो अफरमा निशुल्क ढुवानीको व्यवस्थाका साथै होलिडे गिफ्ट प्रोग्राममा सहभागीता जनाउन पाईने बताईएको छ ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ७ पुष २०७३, बिहीबार

ताजा समाचार